दोर्दीका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको पहलमा प्राधिकरणबाट २ करोड ५० लाखको टेन्डर भइ कालो तार थ्री फेज लाइन बिस्तार एवं ट्रान्सर्फमर राख्ने काम भैराखेको



दोर्दीमा उत्पादित विद्युत दोर्दीमै खपत गर्ने उद्देश्यले पहिलो चरणमा दोर्दी गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो वितरण गरिने भएको छ।

 

 

फाईल फोटो : दोर्दिखोला हाईड्रोपावर

 

आज मात्रै ७४ वटा सरकारी कार्यालयको लागि विद्युतीय चुलो बितरण गरिएको छ।

 

 

दोर्दी गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारीको निरन्तरको पहलमा नेपाल विद्युत प्राधिकरण(NEA)बाट अहिले २ करोड ५० लाखको टेन्डर भइ कालो तार थ्री फेज लाइन बिस्तार एवं २५,५० र १०० को १२ वटा ट्रान्सर्फमर राख्ने काम भैराखेको छ।

 

यस विद्युतीय चुलोले बातावरण प्रदुषण रोकथामका साथै खर्चमा समेत कटौती गर्नेछ।


 

देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी

नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना शीघ्र निर्माण गर्न थालिएको हो । विद्युत् खपत बढाउन योजनाबद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ ।

 

प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीलाई मागेअनुसार विद्युत् उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नुपर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको छ ।अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गर्ने उद्योगलाई प्रसारण तथा वितरण लाइन सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्ने रहेको बताइएको छ ।

 

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्नसक्ने सम्भावित ठाउँ पहिचान गरी प्रसारण तथा वितरणतर्फका लाइन तथा सवस्टेसन निर्माण सुरु गरिने भएको छ ।

Comments Box