आहा ! मनाङ फोटो फिचर मनाङको सुन्दरता प्रकाशित गर्ने माध्याम हो । तपाईं पनि यस फिचरका लागी हामीलाई फोटो प्रेशित गर्न सक्नु हुनेछ ।
५ माघ २०७९, बिहीबार
हिमालपारीको जिल्ला भनेर समेत चिनिने मनाङ प्राकृतिक तथा सांस्कृतिक हिसावले निकै सुन्दर ठाउँ हो । आहा मनाङ शिर्षकको फोटो फिचरमा हामीले मनाङका सुन्दर तस्विरहरु प्रकाशन गर्दै आएका छौं ।
ताचै गाउं मनाङ को नासों गाउँपालिका वडा ८ मा पर्छ । यो सुन्दर गाउँ मनाङको सबैभन्दा उर्बर भुमी मध्य एक हो ।
दानाक्यु गुम्वा
नासों गाउँपालिका , दानाक्यु मा रहेको गुम्वा । हाल त्यहाँ कङ्युर पुजा चलिरहेको छ । फोटो: फेसबुक / @Danaquebagarchhapमनाङको तिमाङ गाउँ समुन्द्री सतहबाट २,६३० मिटरको उचाईमा अवस्थित छ । वर्खायाममा कुईरो लागीरहने तिमाङमा , हिउँद याममा भने सुन्दर दृस्यावलोकन गर्न सकिन्छ ।मनाङको नार्पाभुमी गाउँपालिका वडा नं ५ , फु गाउँमा रहेको श्री आर्गेन थि क्छोक टासी छुलिङ गुम्वा । यो गुम्वा मनाङ लामा कर्मा सोनाम रिन्पोछे बाट सन १९८३ मा निर्माण गर्नुभएको हो ।
फार्महाउस रिसोर्ट, भ्रताङ
मनाङ ङिस्याङ गाउँपालिका – १ भ्रताङमा स्याउ बगैचाको बिचमा रहेको ‘फार्महाउस रिसोर्ट’ तस्विर : तिलिचो न्युज