सुरक्षित रहेन सुकुटे; दिउँसो टेन्टमा युवती बलात्कृत

बलात्कार गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा परेपछि खड्का फरार रहेका थिए



सिन्धुपाल्चोक, २० असार: सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

 

उनीहरू २६ की महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे आएकी युवती आराम गर्न दिउँसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको, थपलिया र कार्कीले भने मतियारको रूपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

 

आरोपीहरू भने एकै टोलीको रूपमा सुकुटे आएका थिए । जबरजस्ती करणी गरी फरार भएको भन्ने जाहेरीको आधारमा प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा काठमाडौं कलंकीबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।


१५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पाँच वर्षपछि पक्राउ

काठमाडौं, १२ जेठ: प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का रहेका छन् ।

 

सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी ठेगाना भएका उनलाई प्रहरीले बिहीबार काठमाडौकों त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरीको धरान उपमहानगरपालिका–१० स्थित गेष्ट हाउसमा पु–याई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

उनले ती छात्रालाई स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई बलात्कार गरेको प्रहरीको भनाइ रहेको छ ।

 

बलात्कृत भएपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक–पटक मानसिक यातना दिने गरेका थिए ।

 

बलात्कार गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा परेपछि खड्का फरार रहेका थिए ।

 

काठमाडौं टोखा नगरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ ।

 

उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ ।


झापामा १५ वर्षीया किशोरी बलात्कृत

झापा, ११ जेठ: झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments Box