धानखेतमा २ जना किशोरीको शव फेला

खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर



धनुषाको नगराइन नगरपालिका-७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन-७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन-७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।

 

 

स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए ।

Comments Box