बलात्कारीलाई नपुंसक बनाईने !



लिमा, ८ वैशाख: पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन ( यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग) लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रिपरिषद्का सदस्यहरूले  यस्तो जानाकारी दिएका हुन्  ।

 

 

 

तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । न्यायमन्त्री फेरलिक्स चेरोले भने, ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’ नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपंशुक बनाइने उनले बताए ।

 

३ वर्षीया बालिकाको बलात्कारको आशंकामा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो । पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।

 

सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् ।  बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् ।

 

‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ’, क्यास्टिलोले यसै साता भनेका थिए ।

 

विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुकाे महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ ।

 

‘तीब्र न्यायिक प्रक्रिया, हेरचाहमा सुधार, दण्डहीनता विरुद्ध लडाइँ र रोकथामलाई बलियो बनाउने उपाय आवश्यक छन्’, समूहले अगाडि भनेको छ ।

पाकिस्तान; बलात्कारीलाई नपुसंक बनाउन सकिने

पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित  गरे पछी त्यहाँ कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ ।

 

 

 

पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो । गत वर्ष बलात्कारीका दोषीलाई नपुंसक बनाउनेसम्बन्धमा एक अध्यादेशसमेत ल्याइएको थियो ।

 

 

 

त्यसको एक वर्षपछि तिनै प्रावधानलाई समेटिएको एक विधेयकलाई बुधबार बसेको संसदको संयुक्त सत्रमा पारित गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

 

‘केमिकल कास्ट्रेशन (रासायनिक नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ’ विधेयकमा भनिएको छ, ‘यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ र सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ ।’

 

नपुंसक / फाँसी 

तर कट्टरपन्थी इस्लामिक समूहले बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका छन् । जमात-ए-इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोध एवं शरियाविपरीत भएको बताए । इस्लामिक कानूनमा नपुंसक बनाउनेबारे केही उल्लेख गरिएको छैन । यही कारण हरेक बलात्कारीलाई नपुंसक बनाउनुको साटो सार्वजनिक स्थलमा फाँसी दिनुपर्ने अहमदको भनाइ छ ।

 

पाकिस्तानमा गत वर्ष राष्ट्रपतिद्वारा जारी अध्यादेशमार्फत् बलात्कारका घटनासँग जुध्न एक नयाँ कानून ल्याइएको थियो । त्यतिबेला लाहौरमा भएको सामूहिक बलात्कारको एक घटनालाई लिएर तीव्र असन्तुष्टि प्रकट भएको थियो ।

 

आठ सेप्टेम्बरमा भएको उक्त घटनामा सडकमा अलपत्र परेकी एक महिलामाथि सामूहिक बलात्कार भएको थियो ।

 

आफ्ना सन्तानसँगै सडकमार्ग हुँदै लाहौर आउने क्रममा पाकिस्तानी मूलकी फ्रेन्च महिलाको कार बिग्रिएको थियो । सडकमा उभिएर सहयोग मागिरहेका बेला उनीमाथि दुई व्यक्तिले हमला र लुटपाट गरी २ सन्तानसामु बलात्कार गरेका थिए ।

 

उक्त घटना बाहिर आएपछि निकै आक्रोश बढेको थियो । लाहौरका वरिष्ठ प्रहरी अधिकारीले पीडित महिला समेत सामूहिक बलात्कारका लागि एक हदसम्म जिम्मेवार रहेको भनेपछि आक्रोश थप बढेको थियो ।

 

ती प्रहरी अधिकारीले टेलिभिजनमा आएर सोही कुरा दोहोर्‍याएका थिए । उनले पीडित महिलाले पाकिस्तान पनि फ्रान्स जस्तै सुरक्षित ठानेको हुन सक्ने बताएक थिए । लगत्तै सारा पाकिस्तानभर विरोध प्रदर्शन भएको थियो । मानिसहरू सडकमा आएर न्याय र महिलाको थप सुरक्षा हुनुपर्ने माग गरेका थिए ।

 

त्यसपछि सरकारले कडा कदम चाल्ने बाचा गर्नु परेको थियो । यही क्रममा गत डिसेम्बरमा अध्यादेशमार्फत् बलात्कारविरोधी नयाँ कानून बनाइयो । सो कानूनमा बलात्कारसम्बन्धी घटनाको चाँडो सुनुवाई गर्दै कडा सजायँ दिने व्यवस्था गरिएको थियो ।

 

लाहौर बलात्कार काण्ड भएको लगभग एक महिनाभित्रै प्रहरीले दुवै अभियुक्तलाई गिरफ्तार गरेको थियो । पक्राउलगत्तै मुद्दा चलाएर यसै वर्षको मार्चमा दुवै जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

 

Comments Box