मनाङको जिसस प्रमुखमा एमालेका चिन घले निर्वाचित

मनाङ जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका चिन घले र उप-प्रमुखमा काङ्रेसका चन्द्र घले निर्वाचित



गन्डकी प्रदेशको मनाङ जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका चिन घले निर्वाचित भएका छन । यसैगरी जिल्ला समन्वय समितिको उप-प्रमुखमा काङ्रेसका सुरेन्द्र गुरुङ निर्वाचित भएका छन ।

 

 

निर्वाचित प्रमुख चिन घले चामे गाउँपालिक, वार्ड -१ , तिमाङको वडा सदस्य हुन । घले एक समाजिक व्यक्तित्व हुन । उनि चामे गाउँपालिका वार्ड १ मा रहेको गौरीशंकर आधारभुत विध्यालयको अध्यक्षका रुपमा निकै राम्रो काम गरेर परिचित भएका थिए । उनि हाल नेकपा एमाले मनाङका उपाध्यक्ष तथा माननिय पोल्देन छोपङ गुरुङका ‘निजी सचिवालय’ सदस्य हुन । साथै घले जिल्ला खेलकुद विकास समिती मनाङका अध्यक्ष समेत हुन ।

 

 

जिल्ला समान्वय समिती मनाङमा ९ जना सदस्य रहनेछन । जेठ ३१ गते मंगलबार जिल्ला सभाको बैठक बसी जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, महिला सदस्य, अल्पसंख्यक तथा दलित सहित अन्य ३ सदस्य गरी जम्मा ९ सदस्यीय समन्वय समितिको संख्या निर्धारण गर्ने निर्णय भएको थियो ।  गोलाप्रथाबाट प्रमुख र उप-प्रमुख छानिएको छ । एमालेले प्रमुख र ३ जना सदस्य पाएको छ भने, काङ्रेस-माओवादीले उप-प्रमुख र ४ जना सदस्य पाएका छन ।

 

 

खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मिनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेका लक्ष्मी गुरुङ, एमालेका सुस्मिता सिन्चौरी र कांग्रेसका राधा बराल विश्वकर्मा निर्वाचित भएका छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् ।

 


मनाङमा स्थानिय चुनाव; नामावली संकलन देखी, अन्तिम नतिजा सम्म

सबैभन्दा कम जनसंख्या भएको हिमाली जिल्ला मनाङमा २०७९ वैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले र काङ्रेस सहितको सत्ता गठ्बन्धनले आफ्ना उम्मेद्वारहरु खडा गरेका थिए । मनाङमा ४ गाउँपालिका रहेका छन ।

 

२०७९ मा चार मध्य २ पालिकामा एमाले र बाँकी २ पालिकामा काङ्रेसका उम्मेद्वारहरु अध्यक्षमा निर्वाचित भएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा चामे र मनाङ ङिस्याङमा एमालेले जितेको थियो । नासोंको अध्यक्ष कांग्रेसले जितेको थियो ।  र नार्पाभूमिमा स्वतन्त्र निर्वाचित अध्यक्ष पछी काङ्रेस प्रवेश गरेका थिए ।

 

 

सदरमुकाम समेत रहेको चामे गाउँपालिकामा २०७९ को निर्वाचनका लागी चामे गाउँपालिकामा महिला ३६८, पुरुष ३४३ जना गरी कूल ७११ जना मतदाता रहेका छन् । एमालेका लोकेन्द्रबहादुर घले ३ सय २० मत सहित विजयी भएका छन। प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । २०७४ मा नेकपा एमालेबाट अध्यक्षमा लोकेन्द्र वहादुर घले २१४ मत सहित निर्वाचित भएका थिए भने नेपाली काँग्रेसकि अनिता लामा दोस्रो भएकी थिईन ।

 

अध्यक्ष – लोकेन्द्र वहादुर घले (नेकपा एमाले, २१४ मत)

उपाध्यक्ष – मिङमार ढोमा लामा (कांग्रेस, ३२५ )

वडा नं. १ – खड्कजंग गुरुङ (नेकपा एमाले, निर्विरोध)

वडा नं. २- मंगलदेव गुरुङ (कांग्रेस, निर्विरोध)

वडा नं. ३ – विनोद लामा  (कांग्रेस,  ७५ मत)

वडा नं. ४ – लोप्साङ लामा (कांग्रेस, ८८ मत)

वडा नं. ५ – कैले गुरुङ (एमाले, ३० मत )

 

उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन्ए । प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् । चामे गाउँपालिकामा २०७४ को स्थानीय तह चुनावमा पनि कांग्रेस उपाध्यक्षमा निर्वाचित भएका थिए ।

 

वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् । वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत ल्याएका छन् ।

 

वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०/३० भोट ल्याएका छन् । अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८/२८ मत खसेको थियो । दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् ।

 

 

२०७९ को निर्वाचनका लागी मनाङ ङिस्याङ गाउँपालिकामा महिला एक हजार ७८५, पुरुष एक हजार ७५० जना गरी तीन हजार ५३५ मतदाता सङ्ख्या रहेका छन् । अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालले चुनाव जितेको थियो । एमालेका कान्छा घले ६२७ मत सहित विजयी भएका थिए भने नेपाली काँग्रेसका विनोद गुरुङ दोस्रो स्थानमा रहेका थिए ।

 

अध्यक्ष – कान्छा घले  (नेकपा एमाले, ८६१ मत)

उपाध्यक्ष – छिरिङ गुरुङ (एमाले समर्थित स्वतन्त्र, ७४४ मत )

वडा नं. १ – मिङमर गुरुङ  (नेकपा एमाले, १६२ मत )

वडा नं. २- खम्बा गुरुङ (कांग्रेस, ६४ मत )

वडा नं. ३ – कृष्ण लामा   (स्वतन्त्र,  निर्विरोध)

वडा नं. ४ – कमल गुरुङ (नेकपा एमाले, ८७ मत)

वडा नं. ५ – कर्म सेरप वाङगेल लामा (कांग्रेस, १११ मत )

वडा नं. ६ – सोनाम गुरुङ (एमाले, १३५ मत)

वडा नं. ७ – गुरक्याप गुरुङ (कांग्रेस, ८७ मत)

वडा नं. ८ –  पेम्बा गुरुङ (एमालेका, १३४ मत)

वडा नं. ९ – च्योल्पा गुरुङ (स्वतन्त्र, निर्विरोध)

 

उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् ।

 

वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन् । वडा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भएका छन् । एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन् । वडा नं. ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन् । कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन् । वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भएका छन् । एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन् । वडा नं. ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन् । कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन् । वडा नं. ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन् । एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन् । वडा नं. ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन् । वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।

 

 

मनाङ प्रवेश गर्ने वित्तिकै सुरु हुने नासों गाउँपालिकामा २०७९ को निर्वाचनका लागी महिला ९४५, पुरुष ८५७ जना गरी कूल एक हजार ८०२ जना रहेका छन् । स्थानिय निर्वाचन २०७९मा अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय २० मत पाए भने  उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए । स्थानिय निर्वाचन २०७४ मा नेपाली काँग्रेसका चन्द्र घले ५८४ मत सहित विजयी भएका थिए भने नेकपा एमालेका मन बहादुर गुरुङ दोस्रो भएका थिए ।

 

अध्यक्ष – धनबहादुर गुरुङ  (कांग्रेस, ८२० मत)

उपाध्यक्ष – बेदबहादुर गुरुङ (माओवादी केन्द्र, ९१३ मत )

वडा नं. १ – मिनराशी गुरुङ (एमाले, १६४ मत)

वडा नं. २-  रवि गुरुङ ( एमाले, १ सय मत)

वडा नं. ३ –  निलराम गुरुङ (कांग्रेस, ६८ मत)

वडा नं. ४ – धर्मजंग गुरुङ (माओवादी केन्द्र, निर्विरोध)

वडा नं. ५ – थुतेन लामा (कांग्रेस,  निर्विरोध)

वडा नं. ६ – पुष्पबहादुर गुरुङ (  निर्विरोध)

वडा नं. ७ – ओमबहादुर गुरुङ ( निर्विरोध)

वडा नं. ८ –  याद घले (कांग्रेस, १९१ मत)

वडा नं. ९ –  मिङमर छिरिङ (एमाले, ६९ मत)

 

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याए भने एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन् ।

 

वडा नं. १ मा एमालेका मिनराशी गुरुङ १ सय ६४ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङले ६७ मत ल्याएकी छन् । वडा नं. २ मा एमालेका रवि गुरुङ १ सय मत ल्याएर विजयी भएका छन् । कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन् । वडा नं. ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन् । एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन् ।

 

वडा नं. ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ, वडा नं. ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् । वडा नं. ८ मा कांग्रेसका याद घले १ सय ९१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षका प्रत्यासी स्वतन्त्रका लिलबहादुर गुरुङले ७८ मत ल्याएका छन् ।

 

वडा नं. ९ को अध्यक्षमा एमाले उम्मेदवार मिङमर छिरिङ विष्टले ६९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसका साङगे वाङचुक लामाले ५३ मत ल्याएका छन् ।

 

नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो । यसअघि २०७४ मा पूरै सेट सर्वसम्मत निर्वाचित भएकोमा २०७९ मा भने नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १ सय ५८ मत ल्याएर निर्वाचित भएका छन् । एमाले समर्थित स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् ।

 

अध्यक्ष – कोन्जो तेन्जिङ लामा (कांग्रेस, १५८ मत)

उपाध्यक्ष – मिङमार फुन्चो लामा (नेकपा एमाले, निर्विरोध)

वडा नं. १ – फुर्वा ठेले लामा (कांग्रेस, निर्विरोध)

वडा नं. २- फुन्चोक वङगे लामा (स्वतन्त्र, ४१ मत)

वडा नं. ३ – लाक्पा छेवाङ लामा (स्वतन्त्र,  २५ मत)

वडा नं. ४ – कर्मा ग्याङ्जे लामा (एमाले समर्थित स्वतन्त्र, निर्विरोध)

वडा नं. ५ – सोनाम तेजे लामा (एमाले समर्थित स्वतन्त्र, निर्विरोध)

 

नार्पाभूमिमा यसपाली उपाध्यक्ष सहित ३ वडाध्यक्ष सर्वसम्मत चयन भएका छन् । १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याएका छन् । वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत र स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले ४ मत ल्याएका छन् । वडा नं. ४ को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा र वडा नं. ५ को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भएका छन् । दुवैजना एमाले समर्थित हुन् ।

 

मनाङ प्रदेश सभा ‘क’ मा कांग्रेसका चिन्तबहादुर गुरुङ र एमालेको समर्थनमा प्रदेश ‘ख’ मा स्वतन्त्रका राजीव गुरुङ (दीपक मनाङे) विजयी भएका थिए । प्रतिनिधिसभामा भने एमालेका पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका थिए ।


मनाङमा ६२.६० प्रतिशत मत खस्यो

हिमाली जिल्ला मनाङमा कुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ खसेको छ । कुल ६२ दशमलब ६० प्रतिशत मत खसेको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।नासो गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलब ०१ प्रतिशत खसेको छ । चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलब ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत खसेको मुख्य निर्वाचत अधिकृत पुनाराम खनालले बताए ।


१४ बैशाख २०७९, बुधबार

ङिस्याङमा निर्विरोध भएकी स्वतन्त्र वडाध्यक्षलाई पार्टीगत भनेर प्रचार भएपछी विरोध

मनाङ ङिस्याङ गाउँपालिकाको वडा नम्बर  ३ को वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा स्वतन्त्रबाट च्योल्पा गुरुङ वडाध्यक्षमा निर्विरोध भएका छन् ।

 

 

आफ्नो आधिकारिक उम्मेद्वारी दर्तापत्रमा ‘स्वतन्त्र’ रहेको र आफुले कुनै दलसँग सम्वन्धित छु पनि नभनेकोले केहि समाचारहरुमा माओवादीबाट लेखिएकोमा निर्विरोध वडाध्यक्षले चकित भएको प्रतिकृया आएको छ । माओवादी नेताहरु लाई उदृत गर्दै, मनाङ निस्याङको वार्ड ९ मा माओवादी समर्थित गुरुङ निर्वाचित भएको खबर आएपनी उमेद्वारी पत्रको आधार लिदै उक्त कुरा हल्ला मात्र भएको निर्विरोध वडाध्यक्षले जनाईन ।

 

मनाङका मुख्य निर्वाचन अधिकृत खनालले अन्तिम नामावली प्रकाशन गरी दाबी–विरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए ।

 


२८ चैत्र २०७८, सोमबार

मनाङमा २८ मतदान केन्द्र निर्धारण

सबैभन्दा कम मतदाता रहेको हिमालि जिल्ला मनाङमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि २८ वटा मतदान केन्द्र कायम भएको छ।  यसअघि स्थानीय तह निर्वाचन २०७४ मा कायम भएका केन्द्र नै यसपटक पनि कायम भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ। कार्यालयका अनुसार २८ वडा रहेको मनाङमा प्रत्येक वडामा मतदान केन्द्र रहनेछ।

 

मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नाै–नाै मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ।

 

वडा कार्यालय, विद्यालय र गुम्बामा मतदान केन्द्र रहनेछ।मनाङका चार गाउँपालिकामा एक मुख्य निर्वाचन अधिकृत र तीन निर्वाचन अधिकृत खटिनेछन्। सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृत र अन्य गाउँपालिकामा निर्वाचन अधिकृत खटिनेछन् ।


२४ पुष २०७८, शनिबार / राष्ट्रीय समाचार समिती

मनाङमा २६३ नयाँ मतदाता

हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् ।

 

कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ ।

 

पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको थियो । निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी छ । त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २०० मतदाता थपिएका छन् ।

 

जिल्लाको चार स्थानीय तहमध्ये नार्पाभूमि गाउँपालिकामा महिला २५०, पुरुष १९८ जना गरी कूल ४४८ मतदाता रहेका छन् । चामे गाउँपालिकामा महिला ३६८, पुरुष ३४३ जना गरी कूल ७११ जना, नाँसो गाउँपालिकामा महिला ९४५, पुरुष ८५७ जना गरी कूल एक हजार ८०२ जना रहेका छन् ।

 

यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा महिला एक हजार ७८५, पुरुष एक हजार ७५० जना गरी तीन हजार ५३५ मतदाता सङ्ख्या रहेका छन् ।

Comments Box