दर्जनौ पटक भाका सार्दै सम्पन्न मेलम्चीको पानी वितरण तेश्रो चोटि शुभारम्भ , अब कती चोटी धारो खोल्ने मन्त्री ज्यु ?



काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू भएको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् ।  मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो ।

 

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले २२ चैत्र २०७७ मा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण उद्घाटन समारोहमा सम्बोधन गर्दै नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक शहर र राजधानी काठमाडौँका बासीलाई लागि यो आयोजना एक उपहार हुन पुगेको बताएकी थिईन ।

 

चैत २८, २०७८ मा सिन्धुपाल्चोकको अम्बाथान अडिटमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका थिए ।

 

तेस्रोपटक पुनः वितरण सुरु भएको कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर रहेको बताए । उनले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताए ।

 

११ चैत्र २०७७, बुधबार

मेलम्चीकाे पानी आइतबारदेखि घर घरमा

लामो समयदेखिको अथाह पर्खाइ पश्चात अन्तत मेलम्चीको पानी घर घरमा आउने भएको छ । २७ वर्ष लामो पर्खाइ पछी काठमाण्डौँ बासीले मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् ।

बुधबार नगरपालिका संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते देखि मेलम्चीको पानी काठमाडौँ बासीको घर घरमा आउने उद्घोष गर्नुभएको छ ।

साथै, दुइ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभएकाे छ ।

Comments Box