मेलम्चीमा फेरी वाढीको वितण्डा : रातो पुल, झोलुङ्गे पुल बगायो, रेडियो मेलम्चीको भवन ढल्यो



शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।

 

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

बाढीले मेलम्चीमा ११ घर क्षति सिन्धुपाल्चोक, १७ साउन ः शनिबार रातिदेखि आएको बाढीले मेलम्ची ११ घर क्षति । तस्वीर ः देवराज सुवेदी÷रासस

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

 

परीक्षा दिन जाँदै विद्यार्थी सिन्धुपाल्चोक, १७ साउन ः आˆनो ज्यानलाई जोखिममा राखेर मेलम्चीमा आएको बाढीको हिलो छिचोल्दै स्नातक तहको परीक्षा दिन परीक्षा केन्›तिर जाँदै परीक्षार्थी । तस्वीर ःसौजन्य शिक्षक जित बहादुर बस्नेत

 

बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो ।

 

मेलम्चीमा फेरि बाढी चनौटेको रातो पुल पनि बगायो सिन्धुपाल्चोक, १७ साउन ः शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाए । मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोडने एक मात्र विकल्पको रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी आवबतजावत बन्द भएको छ । तस्वीर ः देवराज सुवेदी÷रासस

 

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

 

मेलम्चीमा फेरि बाढी सिन्धुपाल्चोक, १७ साउन ः एक महिनापछि फेरि मेलम्चीमा आएको बाढी । तस्वीर ः देवराज सुवेदी÷रासस

 

बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो । पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताउनुभयो । राति आएको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

 

मेलम्चीको भवन ढालेर बगाए सिन्धुपाल्चोक, १७ साउन ः शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढालेर बगाए । तस्वीर ः देवराज सुवेदी÷रासस

 

यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गर्नुभएको थियो । खोलाबाट असार १ जत्तिकै आवाजमा आएको उहाँले बताउनुभएको थियो ।

 

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गर्नुभएको थियो ।

Comments Box