११ हजार फीटको उचाइमा बसेको मानव बस्ती



२१ कात्तिक, २०७८ (तिलिचो न्युज):  २०७३ को पुनःसंरचनामा यसलाई नार  गाविस र फु  गाविस मिलाइ नार्पाभूमि गाउँपालिका निर्माण गरिएको हो । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सुन्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ । यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको थियो ।

 

Photo: MoFALD/NarpaBhumi

 

नार र फु गरेर १२८ परिबारको बसोबास छ  जसमा ६१५ जना बस्दछन, यो नै यहाँको जनसंख्या हो । जनसंख्याको घनत्व प्रति किलोमिटरमा ५ देखिन्छ । नार र फू धार्मिक महत्व, सामारिक महत्वका ठाउ पनि हुन् । यो क्षेत्रको बिकाशमा चीन संगको नाका निर्माण र उत्पादित बस्तुहरु जस्तै याकको मासु, चौरीको घिउ, आलू जस्ता सामाग्रीहरुको निर्यातमा सहज बन्न सक्छ । यो गाउँपालिका दुर्गम गाउँपालिका हो ।

 

तिब्बतसँग सिमा जोडिएको मनाङको नार्पाभुमीमा प्रशासनको अवलोकन

मनाङ, २१ कात्तिक (रासस): चीनको तिब्बतसँग सिमाना जोडिएको हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका–५, फू गाउँको अवलोकनका लागी प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का प्रमुख लेखनाथ गौतम र जिल्लाका सुरक्षा निकायका अधिकारीहरु त्यहाँ पुगेका छन ।

मनाङ, २१ कात्तिकः
चीनको तिब्बतसँग सिमाना जोडिएको हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका–५, फू गाउँको अवलोकनपछि स्थानीयवासीसँग प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का प्रमुख लेखनाथ गौतम । तस्बिर ः नवीन लामिछाने÷रासस

 

गत असारमा आएको अभिरल वर्षा र पहिरोले नार्पाभुमी क्षेत्र समेत निकै प्रभावित भएको थियो

मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार

 

….. र यो पनि

विकट नार र फु गाउँ मा सोलार

 

 

Comments Box