शुक्लागण्डकीमा मेयर आकाङक्षी गुरुङद्वारा गाडी फिर्ता



अघिल्लो निर्वाचनमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो । नेपाली कांग्रेसबाट मेयरमा किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका थिए । एमालेबाट मेयरका उम्मेद्‌वार बनेका रामचन्द्र उपाध्यायले  आठ हजार ७०५ मत पाए । उपमेयरमा एमालेकी सविता रसाईली आठ हजार ९८३ मतका साग विजयी भएकी थिइन् । माओवादीबाट उपमेयरमा उम्मेद्‌वारी दिएकी सर्वदा खनालले सात हजार ४३६ मत पाएकी थिइन् ।

 

गठबन्धन भए …

यसपालि गठबन्धन भए पनि शुक्लागण्डकीमा मेयर माओवादीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ । कांग्रेसले  पैँचो तिर्दै शुक्लागण्डकीको मेयर माओवादीलाई दिनुपर्ने अन्यथा तालमेल नहुने बताउँदै आइरहेको छ । एकीकृत समाजवादीको पनि शुक्लागण्डकीमा दाबी छ । एकीकृत समाजवादीले शुक्लागण्डकीमा चित्रबहादुर थापालाई मेयरको उम्मेद्‌वार बनाउने निधो गरेको छ ।

एमालेबाट तीन जनाको नाम मेयरमा सिफारिस

एमालेबाट भने तीन जनाको नाम मेयरमा सिफारिस छ । हालकी उपमेयर सविता रसाइली, मुक्ति तिम्लिसिना र श्यामराजा महतको नाम सिफारिस भएको हो । यदि गठबन्धन नभएको खण्डमा शुक्लागण्डकीको चुनावी भिडन्त रोचक हुने देखिन्छ ।

 

कांग्रेसले मेयर किसान गुरुङसहित १० जना आकांक्षी मेयरको नाम सिफारिस

कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले मेयर किसान गुरुङ सहित १० जना आकांक्षी मेयरको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

 

गाडी फिर्ता

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरल प्रयोग गर्दै आईरहेको सवारी सुविधा फिर्ता गरेका छन् । आइतबार शुक्लागण्डकीका मेयर किसान गुरुङले प्रयोग गर्ने ग १ झ ३२८ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेलाई हस्तानतरण गर्दै सुविधा फिर्ता गरे ।

 

अब मेयरको उम्मेद्‌वार नभए पनि सरकारी सवारीको प्रयोग गर्ने मेयर गुरुङको उद्घोष छ । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनको भनाइ छ । ‘निर्वाचन नजिकिएकाले अब नगरपालिकाले सवारी प्रयोग नगर्नेगरी फिर्ता गरेको छु’, उनले अगाडि थप्दै भने, ‘अब मेयरको उम्मेद्‌वार भए पनि नभए पनि सवारीको सुविधा लिन्नँ ।’

 

निर्वाचनको प्रक्रियामा सहभागी भएर जनताको सेवक बन्ने अवसर पाएर सरकारले दिएको सुविधामध्ये सवारी सुविधा फिर्ता गरेको उनले बताए । अघिल्लो निर्वाचनमा शुक्लागण्डकीमा कांग्रेस र माओवादीको गठबन्धन थियो । नेपाली कांग्रेसबाट मेयरमा किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

 

माओवादीले पूर्व मन्त्री कोइराला मेयरको उम्मेदवार बनाउने

तनहुँ, ३ वैशाख: नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेश सभा सदस्य हुन् ।

 

 

गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । ‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडी सार्नु पर्दछ भन्ने ढंगले मेयर बनाउने निर्णय गरेका हौं । उहाँको मागभन्दा पनि पार्टीलाई आवश्यकता हो’, उनले भने ।

 

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई माओवादीको समर्थनमा मेयरमा जिताएकाले यसपालि पैँचो तिर्नुपर्ने उनको भनाई छ । गठबन्धनमा शुक्लागण्डकीको मेयर कुनै हालतमा नछाड्ने गुरुङको जिकिर छ ।

 

कोइरालाले २०७४ साउनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीसमेत पाएकी थिइन् । पार्टीले आवश्यकता महसुस गर्दै उम्मेदवार बनाउन गरेको निर्णय आफूले सहर्ष स्विकारेको कोइरालाको प्रतिक्रिया छ ।‘आवश्यकता बोध गरेर पार्टीले शुक्लागण्डकीको मेयरमा सिफारिस गरेको छ । नगर कमिटीले गरेको निर्णय स्वागतयोग्य छ’, उनले भनिन् ।

 

माओवादी केन्द्रले गठबन्धनमा अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेको बन्दीपुर गाउँपालिकासँगै जिल्लाको शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख पदमा दाबी गरिरहेको जनाइएको छ । आँबुखैरेनीमा भने अघिल्लो पटक अध्यक्ष उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

Comments Box