एमाले महाधिवेशनमा ड्रोन आतङ्क

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।     प्रधानमन्त्री र विदेशी पाउना समेत उपस्थित कार्यक्रममा आयोजक ले […]

बागलुङ क्षेत्र नं १ को सभापतिमा शर्मा विजयी

८ मंसिर (रासस) :  नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मत मात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोबिन्द पौडेल ९गोपाल० र सहसचिवमा गणेश […]

नेकपा एमालेले जनता र देशलाई भुलेर गलत बाटोमा हिँडेपछि त्यानुपरेको हो ः अध्यक्ष नेपाल

७ मंसिर (रासस) :  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताउनुभएको छ ।     धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भन्नुभयो, “नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी […]

कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीः महामन्त्री खड्का

७ मंसिर (रासस)  :  नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ । महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।   पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट नगरपालिका सुर्खेत मेहलकुनास्थित सिटी हलमा पुगेर मतदान गर्नुभएको थियो । उहाँको क्षेत्रबाट करिब ९०० प्रतिनिधिले मतदान गर्दै […]

कास्की क्षेत्र नं १ मा लामिछाने, २ मा निर्दोषी

७ मंसिर (रासस) :  नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनमा कास्की क्षेत्र नं १ मा राजेन्द्रमणि लामिछाने विजयी बन्नुभएको छ ।   सोमबार भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने ४५८ मतसहित विजयी बन्नुभयो भने उहाँका प्रत्यासी बुद्धिमान गुरुङले ३३० मत प्राप्त गर्नुभयो ।   निर्वाचनमा कास्की क्षेत्र नं १ बाट महाधिवशेन प्रतिनिधिमा […]

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

६ मंसिर (रासस) :  नेकपा (एमाले) को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।   आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली […]

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन; आज वडा सम्मेलन

माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिकाअनुसार शनिबार देशभर वडा सम्मेलन गर्दै छ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो । माओवादीले वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सम्भव नभए निर्वाचनमा जान तल्ला निकायलाई निर्देशन दिएको छ । समूहगत निर्वाचनमा भने जान नपाइने माओवादीले स्पष्ट पारेको छ ।         […]

कांग्रेस महाधिवेशन : प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ ।     पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।     कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको राससलाई […]

एमाले महाधिवेशन ; दबाबमा ओली, पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।     वर्तमान अध्यक्ष केपी ओलीले दसौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, […]

प्रचण्ड जाने कार्यक्रमका लागि नगरभित्र सार्वजनिक बिदा !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि भएर जाने कार्यक्रमका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले नगरभित्र सार्वजनिक बिदा दिएको छ।   प्रचण्डले बुधबार यस नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ। जसका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुद्यबार सार्वजनिक बिदा दिएको हो।   प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ […]