परराष्ट्रमन्त्री– भारतका विदेशमन्त्री भेटवार्ता

११ असोज (रासस):  संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।   सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित […]

शिक्षक तथा कर्मचारी क्षेत्रीय प्रतिनिधि; अदालतले भन्यो- राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी नहुनु नगराउनु

शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने – अध्यक्ष शिक्षक सङ्घ   (सोलुखुम्बु) नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा […]

हिमालि जिल्ला मनाङमा कांग्रेसको पालिका अधिवेशन सम्पन्न

हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।     यसैबिच हिमालि जिल्ला मनाङको ४ वटै स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ ।   मनाङका पालिका सभापतीहरु निम्न अनुसार छन्: नासों गाउँपालिका – हुपजंग गुरुङ चामे गाउँपालिका – पेम्बा दोर्जे लामा नार्पाभूमि गाउँपालिका – […]

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हँुदैछ ।     कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको छ ।     सङ्घीय […]

‘गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

७ असोज (रासस) :  गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताउनुभएको छ ।     बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारीदिनुभयो । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने […]

‘बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

७ असोज (रासस) :   सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु […]

क्रान्तिकारीको सम्मेलन सर्‍यो

५ असोज (रासस) :  अनेरास्ववियु (क्रान्तिकारी)को २२आँै राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नु परेको बताउनुभयो । आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा […]

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौः मुख्यमन्त्री शाक्य

५ असोज (रासस) :  वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिनुभयो । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो […]

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ : अध्यक्ष प्रचण्ड

३ असोज (रासस) :   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ ।     जसपा र एमालेबाट माओवादी केन्द्रमा आउनुभएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी शक्तिका बीचमा एकता […]

सबै प्रदेशमा प्रदेश प्रहरीको तत्काल व्यवस्था होस् : कांग्रेस नेता निधि

३ असोज (रासस) :   नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सातै प्रदेशमा तत्काल प्रदेश प्रहरीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा उहाँले संविधानको सङ्घीय संरचनाअनुसार सबै प्रदेशले प्रदेश प्रहरीको व्यवस्था गर्न पाउनुपर्ने बताउनुभएको हो ।     नेता निधिले सङ्घीयतालाई […]