सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।     पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो […]

खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु : मुख्यमन्त्री भट्ट

११ असोज (रासस) :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको खाद्य अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताउनुभएको छ । तीन तहका सरकारसँग समन्वय गर्ने उहाँले उल्लेख गर्नुभयो ।     मानव खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाको सञ्जालले प्रदेश सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले जनताको खाद्य अधिकारसँग भौतिक पूर्वाधार निर्माणका साथै आर्थिक र सामाजिक […]

राष्ट्रियसभा : दुई विधेयक पारित

११ असोज (रासस):   राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।   अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गर्नुभएको थियो । छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो । राष्ट्रियसभाको आजको बैठक […]

परराष्ट्रमन्त्री– भारतका विदेशमन्त्री भेटवार्ता

११ असोज (रासस):  संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।   सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित […]

शिक्षक तथा कर्मचारी क्षेत्रीय प्रतिनिधि; अदालतले भन्यो- राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी नहुनु नगराउनु

शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने – अध्यक्ष शिक्षक सङ्घ   (सोलुखुम्बु) नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा […]

हिमालि जिल्ला मनाङमा कांग्रेसको पालिका अधिवेशन सम्पन्न

हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।     यसैबिच हिमालि जिल्ला मनाङको ४ वटै स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ ।   मनाङका पालिका सभापतीहरु निम्न अनुसार छन्: नासों गाउँपालिका – हुपजंग गुरुङ चामे गाउँपालिका – पेम्बा दोर्जे लामा नार्पाभूमि गाउँपालिका – […]

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हँुदैछ ।     कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको छ ।     सङ्घीय […]

‘गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

७ असोज (रासस) :  गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताउनुभएको छ ।     बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारीदिनुभयो । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने […]

‘बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

७ असोज (रासस) :   सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु […]

क्रान्तिकारीको सम्मेलन सर्‍यो

५ असोज (रासस) :  अनेरास्ववियु (क्रान्तिकारी)को २२आँै राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नु परेको बताउनुभयो । आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा […]