जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ

लमजुङ, १२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उहाँले बताउनुभयो ।   देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार […]

एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २५ पुसः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।   अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र […]

रवि लामिछाने ६५ लाख धरौटीमा रिहा,

२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।   सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा लामिछानेसहित ६३ जनाविरुद्ध एक अर्ब ५१ करोड बिगो माग दावीसहित अभियोगपत्र दायर भएको थियो। अदालतले सूर्यदर्शन सहकारीको तीन करोड ३७ लाख र […]

भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।     माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख […]

एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताउनुभएको छ । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी–एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ पु¥याइएको जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “मोबाइल सेवालाई […]

संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे ।   सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही […]

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।     नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताउनुभयो । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उहाँको […]

जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिँदैन : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।   नेकपा एमाले लमजुङले शनिबार लमजुङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको अनुसन्धान नरोकिने प्रष्ट  पार्नुभयो । […]

महानगरले नउठाएको फोहोर अनेरास्ववियुले डोजर लगाएर उठायो

 काठमाडौँ । तीन दिनसम्म परेको अविरल वर्षाका कारण क्षतिग्रस्त भएको काठमाडौँ महानगरको ११ नम्बर वडामा रहेको त्रिपुरेश्वर सुकुम्बासी बस्तिलाई काठमाडौँ महानगरले वेवास्ता गरेपछि अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले उक्त फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा पुर्याएर व्यवस्थापन गरिरहेको छ ।   महामारीको प्रकोप फैलिने त्रास भयो यहाँबाट बचाउन पर्यो भनेर सुकुम्बासी बस्तिका आम नागरिकले गुनासो गरेपछि […]

‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’

चितवन ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताइन् ।   स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले […]