गठवन्दन सरकार लाई मन्त्री धेरै बनाउनु पर्ने भए पछी मन्त्रालय फुटाईदै

गठबन्धन दलबाट मन्त्रीका आकांक्षी बढी भएपछि भागबन्डा मिलाउन बागमती प्रदेशमा अहिले भएका आठ मन्त्रालय टुक्र्याएर ११ बनाउने र तिनमा चार राज्यमन्त्री थप गरी १६ सदस्यीय मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री राजेन्द्र पाण्डे को तयारी छ ।   निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १२ सदस्यीय मन्त्रिपरिषद् मात्रै बनाएकी थिइन् । मुख्यमन्त्री पाण्डेले आठबाट बढाएर मन्त्रालयको संख्या ११ पुर्‍याउन लागेका हुन् । […]

एमालेमा १० बुँदे को किचलो ; २ जना एकातिर , ८ मौन

नेतृत्व चयनका लागि दसौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेको असन्तुष्ट समूह (दसबुँदे सहमतिका पक्षधर १० नेता) भित्रै मतभेद देखिएको छ । दसबुँदे सहमतिलाई मुद्दा बनाएर संस्थापन पक्षसँग संघर्षसहितको सहकार्य गर्ने वा महाधिवेशनसम्म दसबुँदेको मुद्दा सुषुप्त राख्ने भन्ने विषयमा असन्तुष्ट समूहमा मतभेद देखिएको हो । आजको कान्तिपुर दैनिकमा लेखिएको समाचारमा भनिएको छ: दसबुँदे सहमतिका पक्षधर १० नेता विभाजित […]

एमालेमा युवाको आकर्षण बढीरहेको छः सचिव पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढीरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो ।”     सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरुप जस्तै बनाउनुपर्ने आवश्यकता […]

नेकपा (एमाले) १०औँ राष्ट्रिय महाधिवेशन; स्थानीय तह अधिवेशनको तयारी

आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ ।   एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ । […]

मनाङमा काङ्रेस अधिवेशन ; सर्वसम्मत कार्यसमिती (पूर्ण नामावली सहित)

मनाङमा काङ्रेस जिल्ला सभापतिमा शंकर गुरुङ सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत वसन्त रिमालले जानकारी दिएका छन ।     नेपाली काँग्रेसको २०७८ मंसिर ९ देखि १३ गते सम्पन्न हुन गईरहेको चौधौं महाधिवेशनको कार्यतालिका अनुसार हिमाली जिल्ला मनाङको अधिवेशन सम्पन्न गरेको हो ।       कार्यसमितीका पदधिकारी हरु निम्न अनुसार छन्: सभापति – शंकर […]

नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

१३ असोज (रासस) :   नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक जानुभएको हो ।   कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको […]

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

१३ असोज (रासस) :  नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।     अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी […]

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।     पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो […]

खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु : मुख्यमन्त्री भट्ट

११ असोज (रासस) :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको खाद्य अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताउनुभएको छ । तीन तहका सरकारसँग समन्वय गर्ने उहाँले उल्लेख गर्नुभयो ।     मानव खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाको सञ्जालले प्रदेश सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले जनताको खाद्य अधिकारसँग भौतिक पूर्वाधार निर्माणका साथै आर्थिक र सामाजिक […]

राष्ट्रियसभा : दुई विधेयक पारित

११ असोज (रासस):   राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।   अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गर्नुभएको थियो । छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो । राष्ट्रियसभाको आजको बैठक […]