उँभौली पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर […]

ह्विलचेयर वितरण

जन्मजातै तथा विभिन्न दुर्घटनाका कारण अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलसँगै जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचेयर वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराद्वारा नेपाल अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा १२ अपाङ्गता भएका व्यक्तिलाई निःशुल्करुपमा ह्विलचेयर वितरण गरिएको हो । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गर्दै […]

चिराइतोले बजार नपाएपछि खेती छाड्दै

फुङ्लिङ, ११ फागुन (रासस): विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उहाँ सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुनुहुन्छ । जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उहाँ स्थापित हुनुभएको हो । केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरांै हुन्थे । विगतमा उहाँ नकै […]

पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

पर्वत, ११ फागुन (रासस) : विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उहाँहरुले बेहुला र […]

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

कञ्चनपुर, ११ फागुन (रासस) : भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि […]