अमित रसाइलीको ‘रुपै तिम्रो’ बोलको गीत सार्वजनिक



द भोइस अफ नेपाल सिजन ५ को नक आउट राउण्ड सम्म पुग्न सफल गायक अमित रसाइलीको रुपै तिम्रो बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

 

 

किरण भुजेलको शब्द सृजना रहेको गीतमा देबेन्द्र बरालले संगीत गर्नुभएको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा निमेष जंग थापा र प्रियाना आचार्यको अभिनय रहेको छ ।

 

 

उत्तम हुमागाईं को छायांकन रहेको छ सुदिप ढकालको उत्पादन प्रबन्धकमा निर्माण भएको संगीत राइट टिउन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Comments Box