विश्वकपको फाइनल खेलमा दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने



कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन विश्वकपका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ ।

 

दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।

 

दीपिका पादुकोणले हलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् । अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछिन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।

 

यद्यपी यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ । दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् ।

 

हालै दीपिका पादुकोणलाई कान्स फिल्म फेस्टिबलमा निर्णायक सदस्यको रुपमा पनि चुनिएको थियो । साथै, गोल्ड ब्युटी रेशियोमा पनि विश्वका १० सुन्दर नायिकामा दीपिका पादुकोणको नाम पनि आएको थियो ।

Comments Box