मलाइका अरोरा र अर्जुन कपुर ब्रेकअपको चर्चा



४८ वर्षीया मलाइका र ३६ वर्षीय अर्जुनको उमेर अन्तरले पनि उनीहरूको सम्बन्धमा धेरैले चासो दिइरहेका हुन्छन्।

 

अर्जुन र मलाइका अरोराको प्रेम सम्बन्धबारे निकै चर्चा हुने गर्छ। मलाइकाले अर्बाज खानसँग सम्बन्ध विच्छेद गरेपछि अर्जुन कपुरसँग उनको प्रेमबारे चर्चा हुँदै आइरहेको छ।

 

अर्जुन र मलाइकाले बुधबार यी सबै चर्चा र प्रश्नमाथि सामाजिक सञ्जालमा आफूहरूको तस्बिर राख्दै जवाफ दिएका छन्।

 

अर्जुनले इन्स्टाग्राममा मलाइका र आफ्नो तस्बिर राख्दै लेखेका छन्, ‘हावा हल्लाहरूका लागि कुनै ठाउँ छैन। सुरक्षित रहनुहोस्। सबैका लागि शुभकामना र प्रेम।’

Comments Box