दुई हजार वर्ष पहिले खोपेर बनाइएका ढाक्मरका गुफा

  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै अवस्थित छ।   पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग […]

कस्तो आउला आगामी आवको मौद्रिक नीति ?  

काठमाडौं ।   नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ ।   कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको […]

बेँसीसहर-चामे सडक राति बन्द

  लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा असार २४ गते रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर  बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका […]

सरकारसँग सहमतिपछि डाक्टरहरूको आन्दोलन स्थगित

  सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ। आन्दोलनरत डाक्टरहरू र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ।   उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै  सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हिजो र आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प […]

के हुँदैछ बाढी प्रभावित रसुवामा

  असार २३ गते  रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।   यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका […]

लोमान्थाङमा लेदोसहितको भीषण बाढी

  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ। आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो।   अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो। “यहाँको […]

हिमताल फुटेर आएको हो भोटेकोसीमा बाढी ?

  जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ। विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ।   विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित […]

हात्ती जोगाउने की मान्छे?

  गत बिहीबार झापाको बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो। अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो।   यसैगरी, गत जेठ २० गते कमल–३ रतुवामाई वृक्षरोपणका क्रममा जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भयो। हात्तीले विद्युत् पोलमा धक्का दिँदा उसलाई करेन्ट लागेको थियो। […]

प्रधानमन्त्रीको सचिवालयमा सुरुङमार्ग चिन्तन

  टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असार २३ मा सरोकार भएका निकायबीच छलफल भएको छ।   नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसैँ–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल […]

धनगढी सरर्र

  पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ । व्यवस्थित एवं आकर्षक सहरको रूपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा […]