५ लाख ७० हजार रुपैयाँ नगद सहित कौडा खेल्दै गरेको अवस्थामा २२ जना जुवाडे रंगेहात पक्राउ



बिहीबार साँझ जुवा खेल्ने खेलाउने र हेर्न गरि २२ जना लाई लमजुङ प्रहरी द्धारा पक्राउ गरेको छ । मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी क्षेत्र रोप्लेफाँट नजिकै २२ जना जुवाडेलाई  ५ लाख ७० हजार नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
त्यस क्षेत्र बाट बिहीबार जुवा खेलेको जानकरी आए पछी जिल्ला प्रहरी कार्यालयबाट अप्रेसन टोली खटिएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धन बहादुर तामाङ, मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै, देबेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ, काले तामाङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङ रहेका छन् ।

Comments Box