विदेशी निकायको दवावमा राष्ट्र बैकद्वारा स्थापित सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा कती प्रवाभकारी हुनेछ ?

शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय एसिया प्रशान्त समूह (एपीजी) र फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) द्वारा नेपालको पारस्परिक मूल्यांकन गर्ने टोली अहिले नेपालमा



नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त महाशाखा स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

यसअघि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सबै काम राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) मार्फत हुँदै आएको थियो । अब उक्त काम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण तथा सुपरिवेक्षण महाशाखाबाट पनि हुने राष्ट्र बैंकले जनाएको छ ।

 

शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय एसिया प्रशान्त समूह (एपीजी) र फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) द्वारा नेपालको पारस्परिक मूल्यांकन गर्ने टोली अहिले नेपालमा छ । यही समयमा राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन तथा व्यवस्थाहरु जारी गर्दै आएको छ ।

 

नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि ८१ प्रतिशतभन्दा धेरैले बढेको एफआईयूको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था र अन्य वित्तीय कारोबार गर्ने संस्थाहरुबाट वित्तीय अपराधका उजुरी बढ्नुले त्यस्तो कारोबार पनि बढेको स्वत: पुष्टि हुने जानकार बताउँछन् ।

Comments Box