विश्वकप फुटबल : खेलाडी र विजेताले कति पैसा पाउँछन ?

खेलाडीहरुलाई वितरण गर्न ४४ करोड डलर



नोभेम्बर २० बाट कतारमा विश्वकप फुटबल आयोजना हुँदैछ। उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामाना गर्नेछ।

 

विश्वकप ३२ राष्ट्रले खेल्नेछन्। हरेक राष्ट्रले २६ जना खेलाडी समाहित गरेर टोली निर्माण गरेको छ।

 

विश्वकप खेल्ने खेलाडीहरूलाई फिफाले पैसा दिने गरेको छ।

 

आफ्ना क्लबमा आवद्ध  खेलाडीलाई विश्वकप खेल्न दिए बापत फिफाले त्यस्ता क्लबलाई २० करोड  डलर छुट्टाएको छ।

 

फिफाको यो कार्यक्रमबाट ६३ राष्ट्रका ४१६ क्लब लाभान्वित हुनेछन्। फिफाले खेलाडीहरुलाई वितरण गर्न ४४ करोड डलर छुट्टाएको छ।

 

खेलाडीहरूले फिफाबाट प्रतिव्यक्ति अधिकतम ३ लाख ७० हजार डलर पाउँछन्। खेल खेल्नका निम्ति खेलाडीहरूले बसुन्जेलका लागि प्रतिदिन १० हजार डलर पाउनेछन्।

 

सन् २०२२ को विश्वकप विजेताले ४ करोड २० लाख डलर पाउनेछ।

 

यसअघिको विश्वकप विजेता फ्रान्सले ३ करोड ८० लाख डलर पाएको थियो। विश्वकपको उपविजेताले भने ३ करोड डलर पाउनेछ भने तेस्रो स्थानमा पर्नेले २ करोड ७० लाख डलर पाउनेछ।

 

यस्तै चौथो स्थानमा पर्नेले २ करोड ५० लाख डलर पाउनेछ।

 

पाँचौंदेखि आठौँ  स्थानसम्म पर्ने टोलीले १ करोड ७० लाख डलर र नवौँदेखि १६ औँ स्थानमा पर्नेले १ करोड ३० लाख डलर पाउनेछन्।

 

१७ औंदेखि ३२ औँ स्थानमा रहनेलाई फिफाले ९० लाख डलर दिनेछ। पुरस्कार रकममै फिफाले १४ करोड ४४ लाख डलर खर्चनेछ।

Comments Box