सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक



अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युथ क्लब र फ्रेन्ड्स क्बलबीच प्रतिस्पर्धा हुनेछ ।

 

फाल्गुन १९ गते देखि सुरूहुने प्रतियोगितामा डबल राउन्ड रोबिन पद्दतिमा हुनेछ । १४ टिमको सहभागिता रहेको प्रतियोगिताको पाँचौ चरण सम्मको खेल तालिका आज सार्वजनिक गरिएको हो ।

अघिल्लो सिजन दशरथ रंगशाला र पोखरा रंगशालामा मात्रै प्रतियोगिताका खेलहरू आयोजना भएका थिए ।

 

यस पटक दशरथ रंगशाला लगायत एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल फुटबल गमैदानसहित तीन स्थानमा खेलहरू हुनेछन् । यो सिजनको लिगमा कुल १८२ खेलहरू हुनेछन्।

 

 

 

 

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।

 

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ। फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन्।

 

 

खेल तालिका सार्वजनिक कार्यक्रममा एन्फाका महासचिव किरण राईले नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेको लिगलाई सानदार ढंगले सम्पन्न गर्ने बताए।  यसअघि भएका कमी कमजोरीबाट सिक्दै लिगलाई व्यवस्थित गर्ने उनले बताए।

 

के रङशाला को ट्वाईलेट व्यवस्थित होला ?

 

२०७८ साल को ए डिभिजन लिगमा दशरथ रङशालाको ट्वाईलेट
Comments Box