एक करोड थान मतपत्र छाप्न बाँकी

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैँभर एउटै मतपत्र



१४ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

 

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।

 

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइभइसकेका मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा र एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाका लागि रहेका छन् । आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ ।

 

मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ ।

 

ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालीकोट, दैलेख र सुर्खेत छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ ।

 

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक–फरक मतपत्र प्रयोग हुने छ ।

 

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैँभर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको सङ्ख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुने छ ।


मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप !

मुम्बई, २१ असार: बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदाका लागि सक्रिय राजनीतिबाट बिदा भए ।

 

उक्त चुनावमा अमिताभसँग जोडिएका कैयौं रोचक कुरा छन् । अमिताभले त्यो चुनावमा राजनीतिक व्यक्तित्वको रंग देखाएका थिए । उनले बहुगुणा आफूभन्दा वरिष्ठ भएकाले उनीविरुद्ध आफूले एक शब्द पनि नबोल्ने उल्लेख गरेका छन् । अमिताभले हेमवतीको पाउ छोएर उनीबाट आशीर्वाद मागेका थिए ।

 

हेमवती कुनै समय कांग्रेसी थिए र उनले इलाहाबादबाट चुनाव जित्ने निश्चित मानिएको थियो । त्यही समयमा कांग्रेसले अमिताभलाई उनकोविरुद्ध मैदानमा उतार्ने निर्णय लियो । अमिताभ आफ्ना साथी राजीव गान्धीको इच्छाअनुसार राजनीतिमा आएका थिए ।

 

तर, इलाहाबादको सिटमा अमिताभको रंग खासै जम्न सकिरहेको थिएन । तर, पासा त्यतिबेला पल्टियो, जब त्यहाँ जया बच्चनले ‘बुहारी’का रुपमा प्रवेश गरिन् । अमिताभले बहुगुणालाई हराउनका लागि ‘मेरो आँगनमा तिम्रो के काम’ भन्नुपर्यो । अमिताभको क्रेज बढ्दै गयो । त्यहाँ चुनावको माहौल यति गर्मायो कि कतिपय स्थानमा राति १० बजेसम्म मतदान भएको थियो । केही बुथमा ९५ देखि शत प्रतिशतसम्म मत झर्यो । निर्वाचन आयोगले यी स्थानको चुनावमा कोही पनि बिरामी ओछ्यानमा नरहेको घोषणा गर्यो ।

 

अमिताभले यो चुनावमा बहुगुणालाई १ लाख ८७ हजार मतान्तरले पराजित गरेका थिए । तर, मतगणनाको समयमा एक रोचक कुरा बाहिर आयो । अमिताभको जित अन्तर धेरै बढ्यो तर उनले पाएको मतमध्ये करिब ४ हजार भोट रद्द भयो । यसको कारण पनि अनौठो थियो । अमिताभलाई महिला फ्यानको उल्लेख्य भोट आएको थियो । तर, त्यसमा तीमध्ये करिब चार हजार महिलाले मतपत्रमा स्वस्तिक चिन्ह लगाउनुपर्नेमा मतपत्रलाई चुमेर लिपिस्टिकको निशान छाप लगाइदिएका थिए ।

 

चुनाव जितेको तिन वर्षमै उनले राजीनामा दिए । उनले इलाहबादको जनतासमक्ष आफूले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै राजीनामा दिएका थिए । उनी चुनाव जितेपछि फिल्ममै व्यस्त भए र कहिल्यै आफ्नो संसदीय क्षेत्रमा फर्किएनन् । सांसद रहँदै रिलिज भएको उनको फिल्म ‘मर्द’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो ।

Comments Box