एकदिनमा पाँच अर्बले बढ्यो निक्षेप संकलन

बैंकहरूको कर्जा लगानी भने एक अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित छ



काठमाडौं, १४ असार: बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।

 

 

नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

 

 

११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ ।

 

 

वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब पाँच अर्बमा झरेको छ ।

 

बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८९.३७ प्रतिशतबाट घटेर ८९.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।


१३ बैशाख २०७९, मंगलवार

एक हप्तामा १० अर्बले घट्यो बैंकको निक्षेप

१३ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।

 

१ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो । ९ वैशाखमा आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।

 

उता कर्जा लगानी भने एक सातामा एक अर्ब रुपैयाँले मात्रै घटेको छ । १ वैशाखमा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी ९ वैशाखसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।

Comments Box