४ चिनियाँ नागरिकसँग मिलेर कहाँ लान लागिएको थियो स्रोत नखुलेको झन्डै ४ करोड ?

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक



काठमाडौं, २४ जेठ: चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

 

 

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् ।

 

 

 

 

 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो ।

 

प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments Box