संसद कोष बाट बनेको संम्पदा बगाएपछि, निजी खर्चमा पुन निर्माण



मनाङ जिल्लाको नांसो गाउँपालिका वडा ८ मा पर्ने ताचै गाउँ आफैमा सुन्दर गाउँ हो । यस गाँउमा प्रसिद्ध धर्मस्थल सातकन्या देवीको मन्दिर रहेको छ । मन्दिरकै हातामा सात वटा धारामा तातो पानी समेत बग्ने गरेको छ ।

 

 

 

 

 

स्थानिय सोमराज थिमे गुरुङका अनुसार, स्थानिय हरुको; अझै विशेष रुपमा स्थानिय आमा समुहको, भावना सँग जोडिएको यो तिर्थस्थलको मर्मत सम्भार र निर्माणको लागी मनाङका सांम्सद पोल्देन छोपाङ गुरुङले साम्सद कोषको रकम छुट्ट्याएका थिए । काम पनि धमाधम भयो । तर २०७८ असार १ मा मनाङमा परेको अविरल वर्षाले पहिरो निम्त्याउँदा बनाएको संरचना भत्कियो ।

 

 

मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार

 

 

जतिबेला यहाँ पहिरो आयो त्यतिबेला साम्सद गुरुङ भने अविरल वर्षा पछी आएको वाढी र पहिरोमा प्रभावित जनतालाई उद्दार गर्न खटिएका थिए । ज्यान बचाउनु नै आफ्नो प्रमुख दायित्व सम्जिएर , मनाङका अरु भागमा र नार्पाभुमीको लेक-लेक सम्म पनि आफै हेलिक्प्टर लिएर उद्दारमा गएको उन्ले बताए ।

 

 

मनाङ ङिस्याङ र चामे गाउँपालिका मा मोटरवाटो सुचारु

 

जव उद्दार र राहतको प्रथम चरण सकियो उनि मनाङमा बाटो खुलाउन लागी परे । पुन निर्माणको उक्त समयमा ताचैका स्थानियले सातकन्या पुन:निर्माणको लागी फेरी आग्रह पठाए ।

 

 

गत कार्तिकमा भने सांम्सद पोल्देन छोपाङ गुरुङ व्यक्तिगत खर्चमा धाराहरु लिएर आफै ताचै गाउँको आमा समूहलाई हस्तान्तरण गर्न पुगे । उक्त हस्तान्तरणका क्रममा सात कन्या देवीवरीपरी बाढीले थुपारेका माटो निकाल्न र धारा जडानमा लाग्ने लागत आफै वेहोरने घोषणा गरे र तिब्र रुपमा काम अगि वढाउन आग्रह गरे ।

 

फलस्वरुप अहिले धारा जडानको कार्य सकिएको छ ।

Comments Box