लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्रीद्वारा पद्भार ग्रहण



 

२९ साउन (रासस) : लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशको स्थायी राजधानी दाङको मौरीघाटस्थित मन्त्रालय पुगेर औपचारिकरूपमा पद्भार ग्रहण गर्नुभएको छ । पद्भार ग्रहण गर्दै नवनियुक्त ग्रामीण तथा शहरी विकासमन्त्री चौधरीले प्रदेशको स्थायी राजधानीलाई व्यवस्थित गर्ने बताउनुभयो ।

 

सो अवसरमा बोल्नुहुँदै चौधरीले पर्यटनलाई रोजगारसँग जोड्ने पर्यटन प्रवद्र्धनका काम आफ्नो पहिलो प्राथमिकतासमेत रहेका बताउनभयो । उहाँले देशमा अहिले कारोना महामारी तीव्रगतिमा फैलिरहेको अवस्थामा यस रोगबाट हामी सबै बाच्नुपर्छ, बचाउनुपर्छ भन्दै सबै कार्यकर्तालाई सजग र सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौरीघाट चोकमा पुगेर शहिद श्रीनारायण चौधरीको शालिकमा माल्यार्पणसमेत गर्नुभएको छ ।