१३ बूँदे साझा संकल्प सर्वसम्मतले पारित ।



गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकले १३ बूँदे साझा संकल्प सर्वसम्मतले पारित गरेको छ ।
लामो समयदेखि देश कोभिड १९ सँग जुधिरहेको परिवेशमा बेरोजगारी, मूल्य वृद्धि, स्वास्थ्य उपचार लगायतका कुराहरुमा जनताको चासो रहेको हुँदा प्रदेश सभाले केही संकल्प अघि ल्याएको हो । यही कुरालाई मध्य नजर गर्दै गण्डकी प्रदेशले आगामी दिनमा कसरी आफ्नो कार्य सञ्चालन गर्ने भन्ने विषयमा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ ।
प्रदेशले छिट्टै बेरोजगार युवाहरुको निमित्त लक्षित कार्यक्रम ल्याउने भएको छ । कोभिडको कारणले श्रम बजार व्यवस्थापन गर्नु संघ र प्रदेशकै लागि पनि चुनौतीपूर्ण रहेको मुख्यमन्त्री गुरुङको भनाई छ । प्रदेशले जीवन रक्षक कोष खडा गरेको छ जसमार्फत साना तथा मझौला व्यवसायीले सहजतापूर्ण रिण प्राप्त गर्न सक्ने भएका छन् । सामुदायिक वन व्यवस्थापन, वैज्ञानिक वन व्यवस्थापन, गरिबी निवारण, विकास निर्माण लगायतका कुरामा प्रदेश सरकारले आफ्नो प्रतिबद्दता जनाएको छ । अर्को प्रमुख चुनौति बजार व्यवस्थापनको रहेकोमा मूल्य वृद्दि व्यवस्थापनमा सबैको वैचारिक सहयोग भए मात्रै यो सफल हुने मन्त्री गुरुङको भनाई छ । संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पतालमा २५ सैयाको एचडियु युनिट निर्माण गर्ने भएको छ । प्रदेश अन्र्तगत २६ करोड लागतमा १ सय शैयाको अस्पताल निर्माण हुने भएको छ । कोभिड १९ को खोपको जिम्मेवारी केन्द्र सरकारले लिएको हुँदा यसको भण्डारणको जिम्मा प्रदेश सरकारले लिने भएको छ । जसको लागि प्रदेश सरकारले भवन निर्माण समेत गर्ने लक्ष्य लिएको छ । संकल्प कार्यान्वयनमा प्रदेश सरकारले आफ्नो श्रोतले भ्याय सम्म पूरा गर्ने प्रतिबद्दता जनाएको छ । साथै सनु २०२१ लाई कोभिड १९ लाई जित्ने संकल्प लिएको छ । साथै प्रदेश सभाको विशेष अधिवेशन सर्वसम्मतले पारित भएको छ ।