हिउँदयामको अनुकुल मौसममा हिउँ नपर्दा हिमाली जिल्ला मनाङ मुस्ताङका कृषक चिन्तित देखिएका छन्। यसपटक पुसको आधा महिना बितिसक्दा समेत हिउँ परेको छैन। यो समय हिमाली जिल्लामा हिउँ पर्ने उपयुक्त र अनुकुल समय हो। मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु […]
बूढीगण्डकीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना; वातावरणीय प्रतिवेदनका लागि सुझाव माग
गोरखाको बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ। उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिकामा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ। आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गाप नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ। त्यहाँबाट पानीलाई सङ्लो बनाएर चार हजार तीन सय ६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्रीको […]
हिउँदमा तापक्रम सरदर भन्दा बढी हुने, वर्षा कम हुने
यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम […]
रेडपान्डाको बासस्थान सङ्कटमा
मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा […]
सगरमाथा क्षेत्रको ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवा !
सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन् । ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला […]
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि, नेपालको प्राथमिकता के ?
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७) आइतबार सुरु हुँदै छ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदै छ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म […]
लुम्बिनीकाे बिजुली बसमा २० हजार यात्रुले गरे सवारी
भैरहवा, १५ कार्तिक: लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो । दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी […]
विपद्ले बर्सेनि पीडा थपिरहन्छ तिलावासीलाई
जुम्ला – पोहोर सालको क्षतिको पीडा नसकिँदै यस वर्ष पनि तिला गाउँपालिका-४ जुम्लावासीलाई विपद्ले अझ बढी पीडा थपेको छ। विसं २०७८ असोज ३०, ३१ र कात्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले यहाँका घरतली, तडा, नारा, गाडापारी, बुँगारा, सिमज्यूला लगाइएको सयौँ मुरी अन्नबाली क्षति गर्यो। उक्त बाढीले धानबालीमा मात्र क्षति गरेन, वर्षौँदेखि उपभोग गर्दै […]
मनाङमा असोजमै हिमपात
असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको हो । हिउँले डाँडाकाँडा […]
पानी खान पनि दाताको दान; अनुदानको ५ अर्बमा पोखरा खानेपानी सुधार आयोजना
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो । हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पत पोखरेली उपभोक्ताको घरघरमा […]