मनाङमा असोजमै हिमपात

यस वर्ष २ महिना अघिदेखि नै हिमपात



असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको हो ।

 

हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । चिसो बढेको छ । पानी पनि परिरहेको छ, उहाँले भन्नुभयो, ‘हिउँ परिरहेको छ । यस वर्ष असोजमै चाँडै हिमपात भयो । अब यो क्रम बढ्दै जान्छ ।’

 

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा हिउँ परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यस वर्ष भने अक्टोबर ६ मै हिउँ परेको छ ।

 

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी वर्षा भएको छ । वर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिका लगायतको उच्च भूभागमा हिमपात भएको छ । तल्लो क्षेत्रमा पनि चिसो बढेको उहाँले बताउनुभयो ।

 

उहाँका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ । हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

 

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन पनि भएकाले स्वेदशी तथा विदेशी पर्यटक, पदयात्री एवं स्थानीय बासिन्दालाई सचेत रहन उहाँले अनुरोध गर्नुभयो । हिउँ र बर्षातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

 

नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोष्टमा खबर गर्न भनिएको प्रजिअले बताउनुभयो ।

 

विपद् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्व सतर्कता अपाउन, बर्षात रोकिनासाथ बाटोघाटो ठीक दुरुस्त सूचारु गराउन जनशक्तिसहित मेशिन उपकरण तयारी अवस्थामा राख्न सरोकारवाला सबैलाई प्रशासनले अनुरोध गरेको छ ।

 

यो सामाग्री गोर्खापत्रमा प्रकाशित छ ।


जलवायु परिवर्तनको प्रभावका कारण अस्वभाविक हिमपात

मनाङ, २४ माघ २०७८ (रासस): हिमाली क्षेत्रअन्तर्गत माथिल्लो मनाङवासीले यार्तुङ पर्व मनाएपछि वर्षायाम सकिएर हिउँदयाम सुरु भएको भन्ने बुझिन्छ । वर्षायामको खेतीपाती थन्क्याएपछि माथिल्लो मनाङले साउनको अन्तिममा यार्तुङ मनाउँछन् । त्यसपछि हिउँदका उराठिला महिना सुरु हुन्छ । बर्सेनि कात्तिकदेखि फागुनसम्म मनाङमा हिउँ पर्ने गर्छ ।

 

 

जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्षमा स्वाभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ ।

 

मनाङमा कुनै वर्ष अत्यधिक तथा कुनै वर्ष आंशिक हिमपात हुने गर्छ । कुनै वर्ष हिमपातसंँगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ । विगतमा हिमपातका कारण सयौंँ याक, चौँरी र भेडाच्याङ्ग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन ।

 

स्थानीयवासी चौंरीपालक किसान याङदुङ गुरुङ विगतमा जस्तो हिउँ नरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा हिमपात धेरै हुन्थ्यो । चाँैरी खर्कहरु हिमपातले पुरिने गथ्र्याे । अहिले बेमौसममा हिमपात हुन्छ । विगतमा कात्तिक, म¬ङ्सिरमा मात्रै हिउँ पर्ने गथ्र्याे तर अहिले बेमौसममा हिउँ पर्छ । यसले गर्दा वस्तुभाउको चरण क्षेत्र नासिएको छ ।” चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उहाँ बताउनुहुन्छ ।

 

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ, “विगतमा जस्तो हिउँ पर्न सकेको छैन । आंशिक मात्रै परेको छ । तहननहस हुने गरी भारी हिमपात भएको छैन । हिउँदको हिमपात स्वाभाविक नभई असन्तुलित भइरहेको छ ।” विगतमा मनाङको तल्लो क्षेत्रमा समेत पाँच फिटसम्म हिउँ पर्ने गथ्र्यो । हिमपातले कृषि क्षेत्रलाई राहत पु¥याउँथ्यो तर पछिल्लो समयको जस्तो हिउँ देख्न पाइएको छैन ।” उहाँले हिमपातले खुसीसँंगै सास्ती दिने गरेको पनि सुनाउनुभयो ।

 

जलवायु परिवर्तनका प्रभावबारे अझै बुझ्न यो सामाग्री पढ्नुहोस्:

 

पग्लँदै हिमाली बस्ती ; हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा प्रकोप


हिमालपारीको जिल्ला मनाङमा राष्ट्रपतीद्वारा जलवायु परिवर्तनका कुरा

१५ कार्तिक २०७८: राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताउनुभएको छ ।

 

 

आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताउनुभयो ।

 

 

वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

 

गत असार १ गते आएको बाढीपहिराका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुखित तुल्याएको उहाँले बताउनुभयो । “मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उहाँले बताउनुभयो ।

 

 

जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पु¥याउनुपर्ने देखिएको उहाँको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।

 

विश्वका ठूला देशहरुका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरुले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताउनुभयो । उहाँले आजदेखि स्कटल्याण्डमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र त्यसमा नेपालको प्रतिनिधित्वको स्मरण पनि गर्नुभयो । यस्ता सम्मेलनमार्फत् हामीले पनि हाम्रा हिमाली बस्ती मात्र नभएर देशमा जलवायु परिवर्तनले पारेका प्रभावका बारेमा विश्वलाई जानकारी गराइरहनुपर्ने उहाँको धारणा थियो ।

 

राष्ट्रपति भण्डारी सोमबार मनाङ आउनुभएको थियो । उहाँले मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन भ्रमण गर्नुभयो ।

 

 

त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रका बारेमा पनि उहाँले जानकारी लिनुभएको थियो । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

 

 

प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको एग्रो मनाङ प्रालि नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो । यहाँ इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ । ७३५ रोपनी क्षेत्रफलमा उक्त फार्म सञ्चालनमा छ ।

 

 

स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति भण्डारीले यहाँको अवस्थाका बारेमा सामान्य सोधपुछ गर्नुभएको थियो ।

(तस्विरहरु : मानानीय पोल्देन छोपाङ गुरुङको सचिवालय )

Comments Box