भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले […]

वन क्षेत्र हुँदै सडक – सामुदायिक वनमा पहिरा – ३३ घर पहिराको उच्च जोखिममा

मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् ।   माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा रहेका छन् […]

ताप्लेजुङको याङ क्षेत्रमा फुलेको सुनपाती

  समुद्री सतहदेखि चार हजार ४०० को उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, याङमा क्षेत्रमा फुलेको सुनपाती । तस्बिर ःदिलकुमार लिम्बु÷रासस    

कोशी नदीको उकास रहेको वन क्षेत्र निजीलाई – स्थानिय आन्दोलनमा

उदयपुरको वेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रलाई कबुलियत वन बनाई व्यक्तिलाई ३० वर्ष लिजमा दिने सरकारी निर्णयपछि त्यहाँका स्थानीय आन्दोलित छन्। कबुलियत वन बनाउने भनिएको क्षेत्रमा विगत ४० वर्षदेखि मानिसहरू बसोबास गर्दै आएका छन्। त्यहाँ झन्डै ८ सय घरधुरी रहेको स्थानीय बसोबास गर्छन ।   वेलका नगरपालिका वडा नम्बर ३ स्थित पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको कोशी […]

३० मिटरको नदिको मापदण्ड ३ मिटर कायम गर्न मुख्यमन्त्री गुहार्दै – मुख्यमन्त्री भन्छन पहल गर्छु !!!

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराएको छ । समितिका तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभयो ।   […]

कालीगण्डकी नदी डाइभर्सन आयोजनामा विबाद: आवश्यक परे सङ्घर्षका लागि तयार

कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् ।   नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले सोमबार एक विज्ञप्ति जारी […]

लाङ्टाङमा पर्यटकीय मार्ग निर्माण

लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ । संरक्षणको जागरण एवं पदमार्ग […]

चार वटा गैँडा मारेको अभियोगमा कारागार

चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो ।   नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि […]

जलजन्य प्रकोप जोखिममा नेपाल ३० औँ

विश्व मानचित्रमा भौगोलिक धरातल र हावापानीका हिसाबले जति सुन्दर छ प्राकृतिक प्रकोप घटनाबाट बर्सेनि ठूलो जनधनको क्षति हुने मुलुकको सूचीमा पनि नेपाल अग्रस्थानमै पर्छ । गृह मन्त्रालयका अनुसार बाढी, पहिरा, भूकम्प, आगजनी तथा समुद्री आँधीका कारणबाट उत्पन्न हावाहुरी तथा असिना, मुसलधारे वर्षा र सुक्खाजस्ता विविध प्रकृतिका प्रकोपका घटनाबाट नेपाल सङ्कटासन्न अवस्थामा छ ।   विश्वमा […]

‘एक विद्यार्थी, एक रुख’ अभियान

कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् । चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलपूmलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन् । विद्यार्थीको […]