बाजुराको क्युडीमा ९४ परिवार पहिरोले विस्थापित

असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् । जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि […]

शिक्षित नै आनाकानी गर्छन् औषधि खान; हात्तीपाइले रोग निवारणको चुनौती

कैलाली, १६ चैत (रासस): सभ्रान्त र हुने खाने परिवारका शिक्षित व्यक्तिले नै औषधि खान आनाकानी गर्दा हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको छ। सरकारले हात्तीपाइले रोगविरुद्ध निःशुल्क रुपमा औषधि खुवाउने अभियान थालेको लामो समय भइसके पनि सुदूरपश्चिम प्रदेशको कैलालीसहित देशभरका १२ जिल्लामा यो रोग अझै निवारण हुन नसकेको जनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर […]

सुरक्षित चेली अभियान शुरु

कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान शुरु भएको छ । लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आजदेखि सो अभियान शुरु गरेको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताइएको हो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज […]