केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

१२ साउन (रासस) : कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ ।   कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले […]

तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

११ साउन (रासस) : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ । कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताउनुभएको […]

कर्णाली; जनता को समस्या एकतिर, प्रदेशसभा दलीय द्वन्द्वमा

स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्ष सहकार्यको अनुपम नमूना देख्न सकिन्थ्यो कर्णाली प्रदेशसभामा । प्रदेशसभाको रोष्टममा उभिएर प्रमुख नेताहरु भन्ने गर्थे, “कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौँ, हामी सबै मिलेर पिछडिएको प्रदेशलाई समृद्ध बनाउने हो ।”     सत्तापक्ष–प्रतिपक्ष सहकार्यबाटै प्रदेशसभाको पहिलो अधिवेशनका शुरुका बैठकहरुबाटै प्रदेशको नामकरण र राजधानीको टुङ्गो लाग्यो अन्य प्रदेशभन्दा अगाडि नै […]

विकास र समृद्धिको अभियान निर्वाध बढाउँछौं: मुख्यमन्त्री शाही

३ वैशाख(रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताउनुभएको छ । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताउनुभयो । “हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उहाँले […]

तीन दिनदेखि यातायात ठप्प

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताउनुभयो । “हामीले दुई स्थानीय […]

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो । आव २०७५/०७६ को […]

दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार

जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलिकमले टावर निर्माण गरी सेवा प्रारम्भ गरेपछि स्थानीयवासीले सहजरूपमा सञ्चार सुविधा पाएका हुन् । जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको […]

कर्मचारीको चरम लापरवाहीले सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ

सिमकोट, २८ फागुन (रासस)- हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन। विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ। एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका […]