कालीञ्चोकमा हिउँ खेल्नेको भीड

कालीञ्चोक, २६ पुस (रासस) ः दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ ।           केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा […]

गठवन्दन सरकार लाई मन्त्री धेरै बनाउनु पर्ने भए पछी मन्त्रालय फुटाईदै

गठबन्धन दलबाट मन्त्रीका आकांक्षी बढी भएपछि भागबन्डा मिलाउन बागमती प्रदेशमा अहिले भएका आठ मन्त्रालय टुक्र्याएर ११ बनाउने र तिनमा चार राज्यमन्त्री थप गरी १६ सदस्यीय मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री राजेन्द्र पाण्डे को तयारी छ ।   निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १२ सदस्यीय मन्त्रिपरिषद् मात्रै बनाएकी थिइन् । मुख्यमन्त्री पाण्डेले आठबाट बढाएर मन्त्रालयको संख्या ११ पुर्‍याउन लागेका हुन् । […]

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने !

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने भएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा शाक्यले राजीनामा दिने बताईएको छ ।     गत कात्तिक ४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिईन ।   वाग्मती प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी […]

‘सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी

सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले आजदेखि आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम राखिएको छ ।     काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव […]

दनुवार गाउँ पहिरोको जोखिममा

लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ ।     पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उहाँले जानकारी दिनुभयो ।   उहाँले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गर्नुभयो । पहिरो बढ्दै […]

डुबानमा बनेपा ; अरनिको राजमार्ग ठप्प (तस्बिरहरु )

सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा फसेको सवारीसधान ।     डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।     तस्वीर ः पेमा लामा÷ रासस

काठमाडौंमा ३८५ घर डुबानमा, २४७ जनाको उद्धार

गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो ।     काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको […]

रसुवाको राजमार्ग सञ्चालन

८ भदौ (रासस) :  पहिराका कारण सोमबारदेखि अवरूद्व यहाँको पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।धुञ्चे–ठूलोभार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि सोमबारदेखि रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।     राजमार्ग खुलाउन आज बिहानैदेखि तीन डोजर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार […]

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ ।     गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिनुभयो ।   अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी […]