अस्पताल तयार तर आवश्यक जनशक्ति अभाव – अध्यक्ष तामाङ

इन्द्रवाती गाउँपालिकामा १५ शैय्याको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथामिक अस्पताल आइतबार एक कार्यक्रमबीच समुद्घाटन भएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अस्पतालको उद्घाटन गरेका हुन् । हरेक नागरिकलाई स्वास्थ्यको पहुँमा पु¥याउनु अहिलेको सरकारको पहिलो प्र्राथमिकता रहेको पनि उनले बताए ।   कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङ […]

तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु भएन

झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन ।   सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको […]

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

कालीञ्चोक, २६ पुस (रासस) ः दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ ।           केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा […]

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने !

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने भएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा शाक्यले राजीनामा दिने बताईएको छ ।     गत कात्तिक ४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिईन ।   वाग्मती प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी […]

‘सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी

सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले आजदेखि आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम राखिएको छ ।     काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव […]

दनुवार गाउँ पहिरोको जोखिममा

लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ ।     पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उहाँले जानकारी दिनुभयो ।   उहाँले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गर्नुभयो । पहिरो बढ्दै […]

डुबानमा बनेपा ; अरनिको राजमार्ग ठप्प (तस्बिरहरु )

सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा फसेको सवारीसधान ।     डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।     तस्वीर ः पेमा लामा÷ रासस

बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति

भक्तपुर, २५ साउन: अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो ।   ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटनाका कारण मानवीय क्षति भने हुन नपाएको परिसरका सूचना अधिकृत […]

रसुवाको राजमार्ग सञ्चालन

८ भदौ (रासस) :  पहिराका कारण सोमबारदेखि अवरूद्व यहाँको पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।धुञ्चे–ठूलोभार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि सोमबारदेखि रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।     राजमार्ग खुलाउन आज बिहानैदेखि तीन डोजर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार […]