इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ ।     गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिनुभयो ।   अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी […]

मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र

३ भदौ (रासस)  : सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिनुभयो ।   छ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको […]

मेलम्चीमा फेरी वाढीको वितण्डा : रातो पुल, झोलुङ्गे पुल बगायो, रेडियो मेलम्चीको भवन ढल्यो

शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।   मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । […]

प्रभावित क्षेत्रका लागि रु छ करोड दिइने

काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि रु छ करोड दिने भएको छ । फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा कामपा प्रमुख विद्यासुन्दर शक्यले व्यवस्थापनक लागि रु छ करोड दिने बताउनुभएको हो । छलफलका क्रममा […]

अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता

काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः […]

अधिकांश पसलमा म्याद गुज्रेका सामान

भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आज भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट […]

रायो पात

रायो : पातको लम्बाई १४० से. मी., चौडाई ६० से. मी.; स्थान: श्री लक्ष्मी धिताल, पद्मा धिताल फार्म, पातलेखेत काभ्रे !’

एक हजार १६७ ले लिए वैदेशिक रोजगारसम्बन्धी परामर्श

चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि माघसम्म छ महिनाको अवधिमा मकावानपुर जिल्लाबाट राहदानी लिन आउनेमध्ये एक हजार १६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) का अनुसार मकवानपुर जिल्लामा सञ्चालित परियोजनाअन्तर्गत आप्रवासन सेवा केन्द्रमार्फत उनीहरुलाई सुरक्षित वैदेशिक रोजगार परामर्श सेवा प्रदान गरिएको हो । चालु वर्षको छ महिनामा […]