११ भदौ (रासस): सडक अवरुद्धका कारण एम्बुलेन्स नचलेपछि पानीझरीमा प्लाष्टिक ओढाएर खोटाङको दिक्तेल बजारबाट बिरामीलाई स्टे«चरमा बोकेर गन्तव्यतर्फ लैजाँदै बिरामीका आफन्त । हप्तादिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध हुँदा एम्बुलेन्ससमेत चल्न सकेको छैन । तस्वीर : केदार मगर÷रासस
कोशी कहरको १३ वर्ष : पहुँचवालाले राहत पाए, पीडितले पाएनन्
२ भदौ (रासस) : हजारौंलाई घरबारविहीन बनाउने गरी २०६५ साल भदौ २ गते आएको बाढी यसक्षेत्रका सर्वसाधारणका लागि अझै ताजै छ । भत्केको सप्तकोशीको बाँध र त्यसले निम्त्याएको समस्या बाढी पीडितहरूले बिर्सन सकेका छैनन् । त्यही कोशी कहरको आज १३ वर्ष पुगेको छ । यो दिनलाई बाढी प्रभावित क्षेत्रका बासिन्दाले कालो दिनका रूपमा […]
दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु
२९ साउन (रासस) : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु गरिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा दिक्तेल बजारस्थित सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम शुरु गरिएको हो । अहिलेसम्म कच्ची अवस्थामाा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक […]
‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलमा
२२ साउन (रासस) : प्रदेश नं १, प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो प्रस्ताव सभामा पेश गर्नुभएको थियो । विधेयक माथिको […]
चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो
१८ साउन (रासस) : छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरी गरेका मण्डलले बिहान आफैँले […]
भारतबाट आएको हात्तीले धानबाली नष्ट
१७ साउन (रासस) : पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पु¥याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष […]
दुर्गममा चिकित्सक पाउनै गाह्रो ः पाए टिकाउन साह्रो
१३ साउन (रासस) : हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को चिकित्सक उक्त दरबन्दी खटाइए । चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड–१९ अस्पताल बनाइयो । कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको […]
‘मनमोहन भत्ता’ – ७० वर्ष नाघेका र पूर्ण अपाङ्गता भएकालाई वार्षिक २०००
सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक रु दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने […]
कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजस्व शीर्षकमा सर्वोत्कृष्ट
आर्थिक वर्ष २०७६/७७ मा आर्थिक प्रशासन तथा राजस्वको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै कन्काई नगरपालिकालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । पुरस्कार ग्रहण पछि कार्यक्रममा बोल्दै कन्काई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको […]
बाख्राका पाठा डेढ लाख रूपैयाँसम्ममा बिकेपछि………….
ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ। – चन्द्रकला भण्डारी झापा, ११ चैत (रासस)– पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन्। मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि […]