‘मनमोहन भत्ता’ – ७० वर्ष नाघेका र पूर्ण अपाङ्गता भएकालाई वार्षिक २०००

  सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक रु दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ ।   ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने […]

वर्षेनी जल्छ वनः सरकारी कार्यालय कार्यक्रमविहीन

३ वैशाख (रासस) : गत साता पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार नजिकैको थाक्लेस्थित देउराली र सिंहदेवी सामुदायिक वनमा लागेको आगोले बस्ती जोखिममा परेपछि बस्तीतर्फबाट जङ्गलमा आगो लगाइ क्षति हुनबाट रोकियो । खडेरीले सुक्खा बनेको जङ्गलमा क्षणभरमै आगो फैलने र हावाको बहावले टाढा–टाढासम्म पुग्ने भएपछि नियन्त्रण गर्न स्थानीयवासी र सुरक्षाकर्मीलाई कठीन प¥यो । यसैले बस्ती तर्फबाटसमेत […]

‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताउनुभएको छ । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उहाँले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि […]

कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजस्व शीर्षकमा सर्वोत्कृष्ट

आर्थिक वर्ष २०७६/७७ मा आर्थिक प्रशासन तथा राजस्वको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै कन्काई नगरपालिकालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । पुरस्कार ग्रहण पछि कार्यक्रममा बोल्दै कन्काई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको […]

कृषिमा फड्को मार्दै कनकाई

झापाको कनकाई नगरपालिकाले युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान कृषिबाट मात्र सम्भव हुने भन्दै नगरपालिकाले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको हो । यसका लागि हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने कार्यलार्ई अगाडि बढाएको नगरपालिकाको प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरपालिकाले आलु, […]

बाख्राका पाठा डेढ लाख रूपैयाँसम्ममा बिकेपछि………….

      ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ। – चन्द्रकला भण्डारी झापा, ११ चैत (रासस)– पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन्। मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि […]

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन […]

प्रदेश नं १ः प्रदेशसभा बैठक चैत २ मा

प्रदेश नं १ को प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारणले मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही फागुन २० गते अपराह्न १ः०० बजे बस्ने घोषणा गरिएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ […]