कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त



काठमाडौं, भदौ २१ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ । बिहीबार सर्वोच्च अदालतले उहाँलाई पदमुक्त गर्दै ४८ घण्टाभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुखलाई सर्वोच्च अदालतले परमादेश दिएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कोशी प्रदेश सभाको  ठूलो दल नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुभएका इस्राइल अन्सारीको मतसहित भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतले उहाँलाई पदमुक्त गरेको हो ।

यो समाचार गोरखापत्र अनलाइनमा छ

Comments Box