कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजस्व शीर्षकमा सर्वोत्कृष्ट

a6A558FnEp0



आर्थिक वर्ष २०७६/७७ मा आर्थिक प्रशासन तथा राजस्वको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै कन्काई नगरपालिकालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार ग्रहण पछि कार्यक्रममा बोल्दै कन्काई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताउनुभयाे ।

शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो। नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित  समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नुभएको हो।

नेपाल नगरपालिका सङ्घले विभिन्न तीन विधामा देशभरका नगरपालिकामध्येबाट स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट घोषणा गरेका हुन्। वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजस्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो।

 

 

 

 

 

 

Comments Box