वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा मनाङको लागी सौर्य ऊर्जा प्रणाली हस्तान्तरण (भिडियो सामाग्री)

नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ले बाढी पहिरोबाट क्षतिग्रस्त मनाङको विद्युत् आपूर्ति सहज बनाउन २५ किलोवाट पिक क्षमताको सौर्य ऊर्जा प्रणाली हस्तान्तरण गरेको छ । जेष्ठ २९ देखि आषाढ ३ सम्म तथा जेष्ठ १४ देखि १६ सम्म परेको वर्षाले मनाङको विद्युत संरचनाको पूर्वाधारहरु तथा सडक सञ्जालमा ठूलो क्षति पु¥याएको थियो ।   मनाङ्गका निवर्तमान प्रतिनिधिसभा […]

थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण भएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना

बेइजिङ, १४ असार (रासस–एपी) – चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने […]

लाङ्टाङमा पर्यटकीय मार्ग निर्माण

लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ । संरक्षणको जागरण एवं पदमार्ग […]

‘एक विद्यार्थी, एक रुख’ अभियान

कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् । चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलपूmलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन् । विद्यार्थीको […]

विगतका २५ वर्षे यात्रा र फेकोफनको आगामी रणनिती (कुराकानीमा आधारित आलेख)

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । २५ वर्षको यात्रा पार गर्दै महासंघ २६ औँ वर्षमा प्रवेश गरेको छ। गत जेठ १८ गते महासंघले आफ्नो २६ औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको हो ।   महासंघको २५ वर्षे यात्रा बारे जानकारी लिन हामीले महासंघकी अध्यक्ष भारती पाठकसँग […]

कोभिड व्यवस्थापन र कोभिड पछिको विकासमा सामुदायिक वनको भुमिका अतुलनिय : अन्तराष्टिय अध्ययन

एसियाका सात वटा देशहरु; कम्वोडिया, इन्डोनेसिया, लावस, म्यानमार, नेपाल, थाईल्यान्ड र भियतनाममा, भएको एक अध्ययनले कोरोना भाइरसले पारेको बहुआयमिक प्रभाव र सामुदायिक वन मार्फत कोरोना पछि समुदाय लाई कसरि बलियो बनाउने भन्ने बारे थप प्रकाश पारेको छ।   दुई चरणमा भएको उक्त अध्ययनका क्रममा दर्जनौं अनुसन्धानकर्ताहरुले १०० औँ व्यक्तिहरु सङ कुराकानि गरेका थिए। दुबै चरणमा […]

जब फोहोरबाट बत्ती बल्यो

दमौली, २२ वैशाख-  व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ। व्यास–१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो। नगरपालिकाले फोहोरलाई मोहरमा परिवर्तन गर्दै रचनात्मक कार्यको थालनी गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो। शुरुमा बायोग्यास प्लान्टबाट उत्पादित ग्यासले […]

कोसेली बोकेर गर्भवती तथा सुत्केरी खोज्दै हिडने गाउँपालिका उपाध्यक्ष विष्णु बुढा

खलङ्गा, ९ वैशाख  – जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ।  आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। कार्यक्रमअन्तरगत विभिन्न खाद्य सामग्री […]

भोकमरी हटाउने लक्ष्य अझै टाढा

काठमाडौँ, १८ चैत (रासस)- कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ। विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्रसङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औँल्याएको हो। यो […]