एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ। नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, […]
नेपाल जलवायु परिवर्तन सिर्जित प्रकोपहरुको हटस्पट बन्दै; हिमाली बस्तिका बासिन्दा जलवायु शरणार्थी हुने जोखिम !
२०७८ सालमा आएको अविरल वर्षा पछी मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका वडा नं १ को ‘सिरान ताल’ भनेर चिनिने गाउँ नै बगायो । गाउँ नै बगाएपछि सिरान तालमा थात थलो रहेको डोल माया गुरुङको परिवार सोही वडाको ताल गाउँमा रहेको सार्वजनिक जग्गामा बनेको घरमा आएर बसेको छ । डोलमायाको परिवार जस्तै अरु ७ […]
काठमाडौं विश्वमै धेरै वायु प्रदुषण भएको शहर
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो। काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। […]
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप); कि पालिकाको मातहत, कि खारेज !
अन्नपूर्ण संरक्षण क्षेत्र भित्रका १५ वटा गाउँपालिका प्रमुखले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले समानान्तर सरकार चलाएको आरोप लगाएका छन्। एक्यापले स्थानीय प्राकृतिक स्रोत साधनको उपयोगबाट कर संकलन गरेको तर गाउँपालिकालाई प्राकृतिक स्रोतको उपयोग गर्न नदिएको भन्दै उक्त आरोप लगाएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले […]
विश्व सिमसार दिवस; आजको आवश्यकता : सिमसारको पुनर्स्थापना
काठमाडौँ, १९ माघ (रासस) : हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘आजको आवश्यकता : सिमसारको पुनर्स्थापना’ भन्ने नाराका साथ नेपालमा पनि सिमसार दिवस मनाइँदैछ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण […]
नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने
नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको […]
बन्द होलान् हजारभन्दा बढी क्रसर?
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकरीलाई निर्देशन दिएको हो। निर्देशनमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा […]
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ । सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार […]
वायु प्रदूषणको भयाभय स्थिती : बर्सेनि ३७ हजार बढीले ज्यान गुमाउँदै
पुस ५ गते । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन्। हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको हो। भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न […]
हात्तीले घरमै आक्रमण; वृद्धाको मृत्यु
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी […]