बल्ल खुल्यो गोरखाको ङुइला नाका

चीनको स्वशासित क्षेत्र सिजाङ आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जोलामाले जानकारी दिनुभयो ।   निवर्तमान वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । गत वर्ष सो […]

संघीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष दाहाल   

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ ।   योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि […]

हवाई इन्धन डिपोः नागरिक उड्डयनको “असहयोग” ले निर्माणमा ढिलाइ

  जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ। सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ।   निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार […]

सुन्तली वनकरियाको फेरिएको जीवन

  मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन्। शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो।   घरवरपर पाइने कच्चा पदार्थ एवं जडीबुटीको प्रयोगबाट उद्यमी बन्नुभएकी ४० वर्षीया […]

अनुदान कटौती नगर्न सरकारलाई चेतावनी 

वित्तीय समानीकरण अनुदान कटौती नगर्न सरकारलाई चेतावनी, ७ अर्ब ९५ करोड तत्काल निकासाको  माग   गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले सरकारले चालु आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदानमा गरेको कटौतीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल रकम निकासा गर्न माग गरेका छन्। दुवै संस्थाले संयुक्त पत्रमार्फत अर्थमन्त्रीलाई उक्त कटौती फिर्ता नभए कडा आन्दोलनमा उत्रिने […]

“निजी विद्यालय सधैका लागि होइन, राज्यले आँट गर्नुपर्छ”

सङ्घीय संसद्‌मा निजी विद्यालयको सुधार साथै निजी विद्यालय नियमन, तिनलाई नाफामुक्त शिक्षा र सार्वजनिक गुठीमा रूपान्तरणको आवाज उठेको छ।   सांसदहरूले शिक्षा प्रणालीलाई समान पहुँचसहितको, सेवामूलक र सामाजिक न्यायमा आधारित बनाउनुपर्नेमा जोड दिनुभएको छ।   सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा  सांसदहरूले शिक्षा क्षेत्रको सुधार, निजी विद्यालयको […]

विद्यार्थी नभएपछि स्कुलको के काम?

विद्यार्थी नभएपछि म्याग्दी, बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए।   शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ। कक्षा १२ सम्मको पठनपाठन […]

खाने हैन त अरिङ्गालका परिकार?

पाखो बारीको भित्तामा सासाना प्वाल छन्। नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ। यिनै ओतमुनि अरिङ्गालका गोला छन्। म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएको छ।   शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिनुभयो। राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उहाँसँगै […]

पिच बाटोमा दोर्दी सरर

लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ। यस खण्डअन्तर्गत उदीपुर–रिठ्ठेबगर–नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो।   गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताउनुभयो। उहाँका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव […]

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिन मन्त्रिपरिषद्‌बाट निर्णय गराएको आरोपमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाअन्तर्गत बुधबार विशेष अदालतमा बयान र थुनछेक बहस सकिएपछि नेपाललाई धरौटीमा छाड्न आदेश दिइएको हो। […]