अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ।



काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको ६० औ स्थापना दिवसको अवसर पारेर विद्यार्थी महोत्सव गर्ने भएको छ।

 

आइतबार नेपाल कमर्स क्याम्पस मिनभवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बडालले गत ४ फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महोत्सवमार्फत विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीहरूको बहुआयामिक प्रतिभालाई उजागर गर्ने उद्देश्य राखिएको बताए।

 

 

युवाहरूमा कला, संस्कृति र राजनीतिक चेतनाको विस्तार गर्नेलगायतका उद्देश्यले आयोजना गर्ने महोत्सवमा कम्तीमा दुई लाख विद्यार्थी सहभागी गराउने अनेरास्ववियुले जनाएको छ।

Comments Box