अनेरास्ववियु जिल्ला कमिटी , लमजुङले छात्रवृत्तिको माग राख्यो



यस वर्षको एसईई परिक्षामा क्व्होलासोथार गा.पा ०४ भुजुङ स्थित त्रिभुवन विद्याश्रम मा.वि मा अध्यानरत छात्र अभिषेक सुनार क्व्होलासोथार गाउँपालिका भरि सर्वोउत्कृष्ट ३.३० GPA अंक ल्याउन सफल हुनुभएको छ। निज अभिषेकलाई पालिकाको तर्फबाट राम्रो विषयमा पढाईलाई अगाडि बढाउन पुर्ण छात्रवृत्तिको माग गर्दै अनेरास्ववियु जिल्ला कमिटी , लमजुङले क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्य प्रसाद गुरूङलाई अनुरोध सहित ध्यानाकर्षण पत्र पेश गरिएको जानकारी अनेरास्ववियु लमजुङ जिल्ला कमिटी सह सचिव ओम प्रकासगुरुङले दिनुभयो ।

Comments Box