त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनु पर्छ

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनु पर्छ



प्रतिनिधि सभा  सदस्य तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने बताएका छन्।

संस्थानले आंगिक क्याम्पसमा स्नातक तहको शुल्कवृद्धि गरेको थियो।

‘त्रिविअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले २०० प्रतिशतले शुल्क वृद्धि गरेको छ,’ उनले भने, ‘अस्वभाविक शुल्कवृद्धि तत्काल फिर्ता लिएर विद्यार्थीका माग पूरा गर्नुपर्छ।’

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विद्यार्थी संघसंगठनहरूले पनि शुल्क वृद्धि फिर्ता गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्।

उनले त्रिभुवन विश्वविद्यालय भद्रगोल भएकोले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले श्वेतपत्र जारी गर्नुपर्नेसमेत बताए।

Comments Box