नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै चीन जोड्ने ट्रान्स हिमालय रुटमा उडान; अक्सिजन बढी आवश्यक

नेपाल र चीन जोड्ने ल्हासा हुँदै बेइजिङ पुग्ने यो ट्रान्स हिमालय रुट बंगलादेश हुँदै जाने घुमाउरो रुटको दाँजोमा करिब २ घण्टा छोटो पर्छ



काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुन: सुरु भएको छ ।  कोरोना महामारीका कारण २०७६ चैतदेखि चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

 

नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा ८ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।

 

काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे ४ घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ । चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाँ वायुसेवाले राजधानी जोड्ने सिधा उडान हालसम्म गरेका छैनन् ।

 

यो विमान नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै डिजाइन गरिएको नेपाल र चीन जोड्ने ट्रान्स हिमालय रुट हुँदै उड्छ । ल्हासा हुँदै बेइजिङ पुग्ने यो रुट बंगलादेश हुँदै जाने घुमाउरो रुटको दाँजोमा करिब २ घण्टा छोटो पर्छ ।

 

यो रुटमा उड्ने एयरबस ए३१९ विमानमा एयरबस ए३२० को दाँजोमा अक्सिजनको उपलब्धता बढी आवश्यक पर्ने भएकाले योबाहेक अरु विमान यो रुटमा उडानयोग्य मानिँदैन । हिमालयका १ सय ८० सिट क्षमताका एयरबस ए३२० मलेसिया, कतार, यूएईलगायतका गन्तव्यमामात्रै उड्छन् ।

 

कोरोना महामारीका कारण नेपाल उडान बन्द गरेका ६ वटा चिनियाँ वायुसेवामध्ये यसअघि मंसिर १३ बाट साइना साउर्दनले ग्वाङझाउबाट र पुस २४ देखि एयर चाइनाले छेन्दुबाट उडान सुरु गरेका थिए ।


२६ फाल्गुन २०७८, बिहीबार

भारत तर्फ पुरानै लयमा उडान हुँदा, चिन तर्फ किन हुन सकेन ?

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौ-दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडान हुनेछ ।

 

 

अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ । अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो । भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान शुरु गर्ने तयारी गरिरहेको छ ।

 

कोरोना महामारी लाई मध्यनजर राख्दै चिनले हवाई उडानहरु स्थगित गरेको थियो । तर अहिले कोरोना जोखिम कम हुँदै गएपनि नेपाल चीनबीचको उडान पुर्ववत सुरु हुन सकेको छैन ।


आन्तरिक भोलि रातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द गर्ने

१९ बैशाख २०७८: सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

 

आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

Comments Box