मनाङबाट संघका लागी एमालेका पोल्देन छोपाङ गुरुङको एकल नाम सिफारिस



नेकपा (एमाले) जिल्ला कमिटी मनाङले वर्तमान प्रतीनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङलाई नै आगामी चुनावको उम्मेद्वार बनाउने भएको छ । अध्यक्ष कप्ली गुरुङका अनुसार जनताविच निकै स्थापित रहेका पाल्देन छोपाङलाई नै जिल्ला कमिटीले सर्वसम्मत गरी प्रदेशमा बुझाएको जानकारी दिएका छन ।

 

 

२०७४ को निर्वाचनमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रचेको थियो । मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । त्यसभन्दा अघीका चुनावको परिणाम उल्ट्याउन सफल भएका उनै गुरुङ फेरी उम्मेद्वार बन्ने भएका छन ।

 

पोल्देन छोपाङ गुरुङ जनताविच निकै स्थापित छन । मनाङको समग्र विकासलाई गती दिएका कारण उनि लोकप्रिय बनेका हुन ।  विजुली , टेलिफोन र सडक पुर्वाधारमा उल्लेख्य सुधार गर्न समन्वय गरेका गुरुङले कृषी क्रान्तीको नमुना पेश गर्दै मनाङको मुहार फेर्ने खाका समेत प्रस्तुत गरेका छन । पर्यटन र जलश्रोतको विकासमा पनि गुरुङले उल्लेख्य कामहरु गरेका छन ।

 

 

 

गएको साल आएको अभिरल वर्षा , वाढी र पहिरो पछी गुरुङले तत्काल उद्दारका लागी आफै हेलिकप्टर लिएर सबै प्रभावित ठाउँ हरुमा पुगेका थिए । पोल्देन छोपाङले राहत , पुन निर्माण र पुन स्थापना को नेतृत्व समेत गरेका थिए ।

२०७४ मा मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पोल्देन छोपाङ गुरुङ आफुलाई राजनीतिक कार्यकर्तामात्र भन्दा पनि कृषक र व्यवसायी भन्न रुचाउछन । मनाङका स्थानिय , परिवार र साथी भाईको निरन्तरको आग्रह र आफ्नो बुवाको समाज सेवाको भावनाले मात्र आफुलाई मनाङको प्रतीनिधित्व गर्न प्रेरित गरेको उनि बताउँछन ।

 

 

पोल्देन छोपाङ जिल्लाका स्थापित व्यवसायी हुन् । उनले एशियाकै ठूलो स्याउ फारम खोलेर मनाङ लाई नयाँ परिचय दिएका छन र स्थानियका विचमा स्थापित छन । २०७४ भन्दा अगाडी राजनीतिमा नलागेका पाल्देन इमान्दार व्यक्तिका रुपमा परिचित छन् ।

 

२०७४ को चुनावी नतिजा

पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका थिए ।

 

विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेका थिए । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको थियो ।

 

२०७४ को चुनावमा मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको थियो । त्यतिबेला यहाँ ५ हजार ८ सय ८१ मतदाता थिए ।